नागरिकता विधेयकमाथि निर्णय लिन प्रतिनिधिसभामा मतविभाजन

काठमाडौं - नागरिकता विधेयकमाथि निर्णय लिन प्रतिनिधिसभामा मत विभाजन गरिने भएको छ । सोही अनुसार सभामुखले प्रक्रिया अगाडि बढाएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता गरेको नागरिकता विधेयक जस्ताको तस्तै पारित गर्ने प्रास्ताव निर्णयार्थ गर्ने क्रममा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मत विभाजन मागेको छ । एमालेले मत विभाजन माग गरेपछि मत विभाजनबाट निर्णय लिन लागिएको हो ।
एमालेका प्रमुख सचेतक विशाल भट्टराईले मत विभाजन मागेपछि नागरिकता विधेयकमाथि मत विभाजनको प्रक्रिया सुरु भएको छ ।
भट्टराईले प्रतिनिधिसभाको बिहीबारको बैठकमा प्रतिनिधिसभा नियमावली, २०७५ को नियम २९ बमोजिम मत विभाजन मागेका हुन् ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया