मध्यमेवाको भूमिगत विद्युत् गृह बनाउने ठाउँ (गुफा) तयार

काठमाडौँ- ऊर्जा डेभलपर्सको सम्बद्ध संस्था मेवा डेभलपर्स लिमिटेडद्वारा ताप्लेजुङमा निर्माण भइरहेको मध्य मेवा जलविद्युत् आयोजना (७३.५ मे.वा) को भूमिगत विद्युत् गृहको क्याभन (गुफा) खन्ने कार्य सम्पन्न भएको छ ।
कूल ६१.५ मिटर लम्बाई, १५ मिटर चौडाई, २७ मिटर उचाई भएको उक्त क्याभन खन्ने कार्य नौ महिनाभन्दा कम समयमा सम्पन्न भएको हो । सो क्याभनमा विद्युत् गृह बनाई जर्मन प्रविधिबाट निर्माण गरिएका २४.५ मे.वा. क्षमताका तीनवटा टर्वाइनहरु जडान गरिनेछन् ।
मेवा डेभलपर्स लिमिटेडले आज जारी गरेको विज्ञप्तिअनुसार आयोजनाका सिभिल, हाइड्रोमेकानिकल, इलेक्ट्रोमेकानिकल, प्रसारण लाइन लगायतका कार्यहरु समेत द्रुत गतिमा भइरहेको छ । सुख्खा याममा समेत ७३.५ मे.वा. पूर्ण क्षमतामा दैनिक ६ घण्टा पिकिङ ऊर्जा (अत्यधिक विद्युत् माग हुने बेला) उत्पादन गर्न सकिने उक्त आयोजनाको निर्माण सम्पन्न भएपश्चात वार्षिक ४३ करोड ६० लाख युनिट (४३६.०८ गिगावाट-घण्टा) विद्युतीय उर्जा राष्ट्रिय प्रणालीमा योगदान गर्ने मेवा डेभलपर्सले जनाएको छ ।
नेपाल विद्युत् प्राधिकरणको औसत विद्युत् खरिद मूल्य प्रतियुनिट ६.१३ रुपैयाँका हिसाबले मध्य मेवाले न्यूनतम २ अर्ब ६७ करोड ३१ लाख रुपैयाँ आम्दानी गर्नेछ ।
भूमिगत विद्युत् गृहको क्याभन निर्माण सम्पन्न भएको अवसरमा आयोजित समारोहमा बोल्दै कम्पनीका अध्यक्ष विजयबहादुर राजभण्डारीले उक्त कार्य सम्पन्न गर्न योगदान पुर्याउने डेभलपर्स, निर्माण व्यवसायी, परामर्शदाता, कम्पनीका सम्पूर्ण कर्मचारीहरु लगायत प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग पुर्याउने सबैलाई धन्यवाद दिए ।
भूमिगत विद्युत् गृहको क्याभन खन्ने कार्य चुनौतीपूर्ण भएको उल्लेख गर्दै किसिमको विद्युत् गृह नेपालमा भएका थोरै भूमिगत विद्युत् गृहमध्ये एक रहेको उनले बताए ।
कम्पनीका प्रबन्ध सञ्चालक भानु पोखरेलले भूमिगत विद्युत् गृहको क्याभन खन्ने कार्य आफैमा जटिल भएको र सो कार्य सफलतापूर्वक सम्पन्न हुनुले आयोजनाका बाँकी कार्यहरु निर्धारित समयमै सम्पन्न गर्न थप उत्साह बढाएको बताए ।
आयोजनाको निर्माण व्यापारिक उत्पादन आरम्भ गर्नुपर्ने मिति आगामी मार्च २०२४ भित्रै सम्पन्न हुने गरी सम्पूर्ण कार्यहरु भइरहेको उनले जानकारी दिए । मेवा डेभलपर्सले आगामी वर्ष साधारण सेयर निष्काशन गर्ने तयारी समेत गरिरहेको छ ।

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा

भारतबाट विद्युत् आयातको समय थप चार घण्टा बढाइयो

राहुघाट जलविद्युत् आयोजना सकियो, परीक्षण उत्पादन हुँदै

विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाखसम्म राहत दिइने

बौदीकालीमा बल्ल पुग्यो बिजुली

ऊर्जा मन्त्रालयको हटलाइन : एक महिनामा १९ सय उजुरी
_7ALsX0Sr8x_xvalc0txdefm34rcrxbzzplqhq3cnfzupilh6h4yxisyyat3jsfpnejx5hwa_aKoM3baJl1_wjm9ri0vhnrwcshmpabdbat0ltcd6q0aeob1s1llhbiscuwztw87sriswdhi.jpg)
भारतको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर

प्रतिक्रिया