उपमहानगरले रोजीरोटी खोसेको भन्दै अटो चालकहरु आन्दोलित

मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिकाले हेटौँडा बजारमा साना सवारीलाई व्यवस्थित गर्न भन्दै तय गरेको मापदण्डविरुद्ध अटो चालकहरु आन्दाेलनमा उत्रेका छन् । बजारमा तीन पाङ्ग्रे अटो सञ्चालनको लागि नयाँ मापदण्ड बनाएपछि यहाँका सयौं अटो चालक तथा अटो व्यवसायी आन्दोलित भएका हुन् ।
उनीहरुले अटो सहित हेटौँडा उपमहानगरपालिकाको गेट अगाडि प्रदर्शन गरेका छन् । हेटौँडामा सञ्चालनमा रहेका करिब ५ सयको हाराहारीमा अटो व्यवसायी तथा चालकहरुले उपमहानगरपालिकाले विभेदकारी नीति बनाएर आफूहरुको रोजीरोटी खोसेको आरोप लगाएका छन् ।
२०७६ पुस ९ गतेसम्म दर्ता भएका अटोलाई मात्र हेटौँडा उपमहानगरपालिका क्षेत्रमा सञ्चालन गर्न दिने भन्दै साताअघि यस्ता अटोलाई हरियो स्टिकर टाँसेको थियो । “ग्रिन स्टिकर” टाँस्न सुरु गरेदेखि नै असन्तुष्ट अटो व्यवसायीहरुले उपमहानगरपालिकामा धर्ना दिएका हुन् । २०७६ पुस ९ भन्दा पछि दर्ता भएर सञ्चालनमा रहेका अटो व्यवसायीले आफूहरुले पनि हेटौंडा बजारमा अटो चलाउन पाउनु पर्ने माग सहित धर्ना तथा प्रदर्शन सुरु गरेका हुन् ।
“सबैलाई समान व्यवहार हुनुपर्छ, आखिर दर्ता भएर नै चलेका छौ सबै, अधि र पछि भनेर विभेद गर्न पाइदैन” अटो चालक राजु गहतराजले भने । सबैलाई समान नीति हुनुपर्ने माग उनीहरुले राखेका छन् । राज्यले अटो सञ्चालनको लागि रुट परमिट समेत दिएको अवस्थामा उपमहनगरपालिकाले यसबारे समन्वयको साटो विभेदकारी नीति लिएको अर्का चालक अशोक श्रेष्ठले भने ।
स्थानीय सरकारले सानो तिनो समस्याको नाममा आफूहरुको बाँच्ने आधार नै खोस्न लागेको भन्दै उनीहरुले आक्रोस पोखेका छन् । “बजार क्षेत्रमा नै यात्रुहरु पाइन्छन्, बजार बाहिर कहाँ चलाउने ?” अटो व्यवसायी कमला विश्वकर्माले भनिन् ।

बागमती प्रदेशमा लक्ष्यको ९४ दशमलव १२ प्रतिशत राजस्व सङ्कलन

६४ हजारले लिए कामपाको निःशुल्क कानुनी सेवा

१२२ करदाता कारबाहीमा

ट्र्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

विपी राजमार्गः साउनभर राति १२ घण्टा बन्द

आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन

प्रतिक्रिया