मंगलबार २४ असार, २०८२
Tuesday, July 08, 2025

सनराइज बैंकको अफरै अफरले भरिएको भाद्र महिना

काठमाडौंँ- महिलाहरुको महान चाड हरितालिका तीज रहेको भाद्र महिना, महिलाहरुको लागि विशेष महिना मानिन्छ । महिलाहरुलाई प्राथमिकता दिँदै आएको सनराइज बैंकले महिलाहरुका लागि यस महिना विशेष योजना ल्याएको हो।

तीजको लागि महिलाहरुको किनमेल गर्नुपर्ने आवश्यकतालाई मध्य नजर गर्दैै बैंकले भाद्र १ गते देखि भाद्र १७ गतेसम्म सनराइज नारी बचत खाता हुने सम्पूर्ण महिलाहरुलाई पहिलो कारोबारमा १५ प्रतिशत सम्म वा  ५ सय नबढ्ने गरी क्यासव्याक दिने व्यवस्था गरेको छ ।

साथै भाद्र महिनाभर सम्पूर्ण नारी बचत खाता खोल्ने तथा खाता भएका नारीहरूले पहिलो वर्षको लागि फ्रि डेबिट कार्ड, फ्रि एम बैंकिङ, फ्रि डिम्याट, फ्रि मेरो सेयर, फ्रि क्रेडिट कार्ड शुल्क तथा गरगहना राख्नको लागि लकर सुविधा लिन सकिने जसमा ५० प्रतिशत छुटको व्यवस्था समेत गरिएको छ । सनराइज बैंकले सनराइज नारी बचत खातामा १० हजारसम्मको प्रसुती खर्च र ५ लाख रुपैयाँसम्मको घातक रोग खर्च दिँदै आएको छ । साथै स्वास्थ्य योजना अन्तर्गत रु १ लाख सम्मको स्वास्थ्य बीमा र रु ५ सम्मको दुर्घटना बीमा समेत दिँदै आएको छ ।