शुक्रबार ०६ असार, २०८२
Friday, June 20, 2025

सिद्धार्थ बैंकले ल्यायो ‘सिद्धार्थ बैंकस्मार्टएक्स्पी’, अब ठगी हुन नसक्ने

काठमाडौँ - सिद्धार्थ बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ्ग एपलाई सिद्धार्थ बैंक स्मार्ट एक्स्पीमा स्तरोन्नोति (अपग्रेड) गरेको छ । यसबाट एपमा हुने धोकाधडी (ठगी) नियन्त्रण गर्नुका साथै बहु च्यानल मार्फत सहजै प्रयोग गर्न सकिनेछ ।  
 
एफवान सफ्ट इन्टरनेसनलले प्रवर्धन गरेको नयाँ एप्लिकेशन बैंक एक्स्पी आर्किटेक्चरमा आधारित छ, जसले प्रयोगकर्ताको कार्यक्षमताको दायरालाई अझ फराकिलो बनाउनेछ ।  सिद्धार्थ बैंक स्मार्ट एक्सपी डिजिटल बैकिङ्गमा सर्वव्यापी दृष्टिकोणमा आधारित छ । यसले ग्राहकलाई उनीहरुको मोबाइल र वेब उपकरणबाट एप्लिकेशन प्रयोग गर्नका लागि उही प्रमाणहरु (पासवर्ड) प्रयोग गरी प्रयोग गर्न सकिनेछ ।  नयाँ एप्लिकेशनमा बिल भुक्तानी, चेक बुक अनुरोध, सेल्फ पासवर्ड-पिन रिसेट, इएपोइन्टमेन्ट, उपकरणहरुबीचको अन्तर सञ्चालन लगायतका थुप्रै सुविधा उपलब्ध रहेको बैंकले जनाएको छ।  

साथै बैंक स्मार्टएक्सपीले ठगी नियन्त्रणमा नवीनतम संयन्त्रलाई पनि प्रयोग गरिरहेको छ । यस एपमा प्रयोगकर्ताले लग इन गर्न खोजेको सिम नम्बर स्वःत प्रमाणित गर्ने क्षमता छ, र प्रयोगकर्ताको खातामा दर्ता भएको सिम त्यहि नम्बर हो भनी प्रमाणित नभएसम्म प्रयोगकर्तालाई एप प्रयोग गर्न अनुमति दिँदैन । 
 
“ग्राहकहरू मोबाइल बैंकिङ्ग प्रयोग गर्न हिचकिचाइरहेका छन्, किनभने अन्य व्यक्तिले उनीहरुको खातामा पहुँच पुर्याउन सक्ने संभावना छ । अटो–भेरिफिकेशनको प्रयोग गरेर ठगी नियन्त्रणमा हाम्रो पछिल्लो प्रयासले ठगीलाई न्यूनिकरण गरिनेछ र प्रमाणित ग्राहकहरुले मात्र मोबाइल बैंकिङ्ग मार्फत आफ्नो खातामा पहुँच प्राप्त गर्नेछन्” सिद्धार्थ बैंकका एक प्रतिनिधिले भने । “सिद्धार्थ बैंकले डिजिटल बैंकिङ्गलाई सधै प्रवद्र्धन गर्दै आएको छ । हामी डिजिटल भविष्यको बाटो हो भन्ने विश्वास गछौँ र हाम्रो अनुप्रयोगको नवीनतम संस्करणको सुरुवातसँगै प्रयोगकर्ताहरूले एपबाटै सिधै विभिन्न प्रकारका बैंकिङ्ग सेवाहरु प्राप्त गर्न सक्नेछन् ।  
 
सिद्धार्थ बैंक नेपाल राष्ट्रबैँकबाट इजाजतपत्र क वर्गको वित्तीय संस्था हो । सन् २००२ मा स्थापना भएको यस संस्थालाई नेपालको सबैभन्दा प्रभावशाली र व्यवसायिक बैंकको रुपमा लिइन्छ । यस बैंकले आफ्ना सबै ग्राहकहरूका लागि बैंकिङ्ग सेवाहरु सहज र सरल रुपमा पहुँचयोग्य बनाउँदै अधिकांश सञ्चालनहरुमा डिजिटल बैंकिङ्ग लाई एकीकृत गर्दछ । 
 
“सम्बन्ध सधैभरीलाई” भन्ने नाराका साथ सिद्धार्थ बैंकले ग्राहक– पहिलो दृष्टिकोणमा भन्ने हेतुले बजारको नेतृत्व गरिरहेको छ । बैंक स्मार्टएक्सपी प्ले स्टोर र एप स्टोर दुबैमा डाउनलोडका लागि उपलब्ध रहेको बैंकले जानकारी दिएको छ ।  
 

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम

काठमाडौँमा इनड्राइभको कार्यालय उद्घाटन

काठमाडौँमा इनड्राइभको कार्यालय उद्घाटन

लण्डनकै दोश्रो स्थानमा पर्‍यो ब्लुम्स्बरी इन्स्टिच्युट लण्डन

लण्डनकै दोश्रो स्थानमा पर्‍यो ब्लुम्स्बरी इन्स्टिच्युट लण्डन

एनसेल फाउन्डेसन प्रिजेन्ट्स ‘बिन देयर ह्याक्ड द्याट’, ईकोलुपले जित्यो प्रथम उपाधि

एनसेल फाउन्डेसन प्रिजेन्ट्स ‘बिन देयर ह्याक्ड द्याट’, ईकोलुपले जित्यो प्रथम उपाधि

बिग मार्टले मनायो १६औँ वार्षिकोत्सव, मोबाइल एपको शुभारम्भ र ब्राण्ड एम्बेसडर घोषणा

बिग मार्टले मनायो १६औँ वार्षिकोत्सव, मोबाइल एपको शुभारम्भ र ब्राण्ड एम्बेसडर घो…

कजारियाले गर्‍यो नेपालको पहिलो र एक मात्र एच.डि पोलिस्ड टायल सार्वजनिक

कजारियाले गर्‍यो नेपालको पहिलो र एक मात्र एच.डि पोलिस्ड टायल सार्वजनिक

सिप मेला २०८२ का लागि काठमाडौं महानगरपालिका र एनसेल फाउन्डेसनबीच सम्झौता पत्रमा हस्ताक्षर

सिप मेला २०८२ का लागि काठमाडौं महानगरपालिका र एनसेल फाउन्डेसनबीच सम्झौता प…