६० गाडी फोहोर बोकेर सिसडोलतर्फ प्रस्थान

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका ६० वटा फोहोरका गाडी सिसडोल तर्फ गएका छन् । नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितिका १८, समानान्तर ग्रुपका ३० र काठमाडौँ महानगरको १२ वटा गरी ६० वटा फोहोरको गाडी टेकुको फोहोर ट्रान्सफर्मर स्टेशनबाट सिसडोलतर्फ गएको महानगरले जनाएको छ ।
समानान्तर ग्रुपले निःशुल्क फोहोर ढुवानी गरेको हो । नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितिका ट्रकलाई २३ लिटर तेल र श्रमिकलाई १ हजार रुपैयाँ महानगरले उपलब्ध गराएको छ ।
सामाजिक उत्तदायित्वअन्तर्गत भावी दिनमा पनि यस किसिमका कामहरूमा सहयोग गर्न तत्पर रहेको समानान्तर ग्रुपले जनाएको छ ।
स्थानीयले आज पनि फोहोर फाल्न गएका सवारीसाधनलाई अवरोध गरेका छन् । बुधबार पक्राउ परेका स्थानीयलाई छोड्न माग गर्दै उनीहरूले फोहोर बोकेका गाडी बाटोमै रोकेका हुन् ।

विश्व भेटेरिनरी एसोसिएसनको महासभामा नेपाल सहभागी, पशु चिकित्सा क्षेत्रको विक…

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा पाइलटको कमजोरी औँल्याइयो

ब्रह्मा र विष्णुले पहिलो पटक पूजा गरेको पहिलो शिवलिङ्गको कथा

सिरहाको सुखीपुरबाट सात क्विन्टलभन्दा बढी गाँजा बरामद

मार्चे लेकमा चौँरीको रगत पिउने मेला सुरु

रुकुम पश्चिममा जिप दुर्घटना

भिरबाट लडेर मृत्यु

प्रतिक्रिया