भारतको हरिद्वारमा पूर्वराजाको रथयात्रा, हेलिकोप्टरबाट पुष्पवृष्टि

काठमाडौँ : भारतको हरिद्वारमा सुरु भएको शाही स्नानको रथयात्रामा पूर्वराजा ज्ञानेन्द्र शाह पनि सहभागी भएका छन् । भारतको हरिद्वारमा गंगा नदीमा हुने शाही स्नान कार्यक्रमका लागि पूर्वराजा ज्ञानेन्द्र रथयात्रादेखि नै सहभागी भएका हुन् ।
पूर्वराजा ज्ञानेन्द्र तेस्रो रथमा छन् । त्यसअघिका रथमा हरिद्वार मन्दिरका पूजारी, मठाधीसलगायत छन् । हरिद्वारको मनकामना मन्दिरदेखि सुरु भएको रथयात्रा गंगा नदीको तटमा गएर समापन हुनेछ । रथयात्रापछि पूर्वराजा ज्ञानेन्द्रले गंगा नदीमा स्नान गर्ने कार्यक्रम छ ।
रथयात्राका लागि पूर्वराजा ज्ञानेन्द्रलाई निम्ता गरिएको थियो । निम्ता स्वीकार गरेर पूर्वराजा ज्ञानेन्द्र रथारोहरण कार्यक्रममा सहभागी भएका हुन् । पूर्वराजा ज्ञानेन्द्रसमेत रथारोहण कार्यक्रममा सहभागी भएपछि भारतको उत्तराखण्ड सरकारले हेलिकोप्टरबाट पुष्पवृटि गरेको छ ।
हरिद्वारमा हरेक वर्ष महाकुम्भ मेला लाग्ने गर्छ । पूर्वराजाको रथयात्रालाई महत्वसाथ हेरिएको छ । पूर्वराजा नेपालका विभिन्न मठमन्दिर र धार्मिक कार्यक्रममा सहभागी हुँदै आएका छन् । यसपटक हरिद्वारमा भइरहेको कुम्भमेलामा सहभागी भएपछि उनीप्रति थप चाँसो बढेको छ ।

कामपाको २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजारको बजेट पारित

स्कुटरको ठक्करबाट वृद्धको मृत्यु

महानगर यातायातले सुरु गर्यो विद्युतीय बस सेवा

भरतपुर अस्पतालको सेफ्टी ट्यांकीमा खसेर पाँच बर्षीया बालिकाको मृत्यु

नेपालमा पनि धर्म परिवर्तन केन्द्र खोल्ने योजनामा थिए छांगुर बाबा

ज्यान मार्ने उद्योगमा ६ वर्षदेखि फरार आरोपी पक्राउ

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

प्रतिक्रिया