सामुदायिक विद्यालयका करिब तीन हजार लेखापाल र कार्यालय सहयोगी आन्दोलनमा

काठमाडौँ- नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिको अगुवाइमा देशभरका सरकारी विद्यालय कर्मचारीले आन्दोलनमा छन् । समितिको अगुवाइमा देशभरका शिक्षकहरूले शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्र भक्तपुरमा हिजोदेखि आन्दोलन थालेका छन् । उनीहरूले आज तालाबन्दी गर्ने कार्यक्रम राखेका छन् ।
उनीहरूले विभिन्न माग राख्दै आन्दोलन थालेका हुन् । पूर्ण सेवा सुविधाको ग्यारेन्टी तत्काल लागू गर्नुपर्ने (विद्यालय कर्मचारी सहायक लेखापालहरूका लागि ३४७३०+२०००= ३६७३० र विद्यालय सहयोगीहरूका लागि २४२१०+२०००= २६२१० हुनुपर्ने माग राखेका छन् ।
त्यस्तै संघीय शिक्षा ऐन/शिक्षा ऐन २०२८ कव संशोधनमा प्रबन्ध गरिनुपर्ने माग रहेकव छ । त्यस अन्तर्गत सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरूलाई दरबन्दीमा समायोजन गरी एक पटकका लागि प्रक्रिया पुर्याई स्वत: स्थायी प्रक्रियामा लगिनुपर्ने, संघीय शिक्षा ऐन जारी हुँदाका बखतसम्म अविच्छिन्न सेवामा कार्यर्त विद्यालय कर्मचारीलाई एक पटकका लागि उमेर हद नलाग्ने प्रबन्ध गर्नुपर्ने रहेको छ ।
त्यस्तै६० वर्ष उमेर पुगेका विद्यालय कर्मचारीहरूलाई प्रचलित कानुन बमोजिम शिक्षक सरहको सेवा सुविधा उपलब्ध गराई स-सम्मान अवकाशको व्यवस्था गर्नुपर्ने, विद्यालय कर्मचारीहरूलाई उच्च शिक्षा अध्ययनका लागि अध्ययन विदा सन्तति वृत्ति आदीको प्रबन्ध गरिनुपर्ने र विभिन्न समयमा गरिएका सहमति सम्झौता तथा पटक-पटक सर्वोच्च अदालतबाट दिइएको निर्देशन कार्यान्वयनमा ल्याउनुपर्ने माग राखेका छन् ।
उक्त आन्दोलनमा देशभरबाट करिब तीन हजार लेखापाल र कार्यालय सहयोगी सहभागी भएको प्रविण भण्डारीले बताए ।
यी हुन मागहरू

बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध

६८ वर्षको उमेरमा कक्षा १२ को परीक्षा दिँदै लालबहादुर

कक्षा १२ को परीक्षामा ७३ वर्षीया परीक्षार्थी पनि
कक्षा १२ को परीक्षा आजदेखि, सबै तयारी पूरा

खुले सामुदायिक विद्यालय, भर्ना अभियान र पढाई सुरू

किन असन्तुष्ट छ सरकार र शिक्षक महासंघको सहमतिसँग विद्यालय कर्मचारी परिषद् ?

प्रतिक्रिया