दक्षिण कोरियामा एक लाख ८० हजार बढी सङ्क्रमित

सोल- दक्षिण कोरियामा पछिल्लो एक दिनमा थप एक लाख ८० हजार आठ सय ३ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । यसैसँगै दक्षिण कोरियामा अहिलेसम्म कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरुको कुल सङ्ख्या दुई करोड १६ लाख ८२ हजार आठ सय १६ पुगेको छ ।
केही दिनअगाडी घटेको कोरोना सङ्क्रमित पुनः बढेको बताइएको छ । अहिले सङ्क्रमित अवस्थामा रहेका मध्ये ४६९ जनाको अवस्था गम्भीर रहेको छ । यो सङ्ख्या अघिल्लो दिनको भन्दा ९४ जना कम भएको छ ।
दक्षिण कोरियामा कोरोनाका कारण पछिल्लो एक दिनमा ४२ भन्दा बढीको मृत्यु भएको छ । यसैसँगै अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकाहरुको सङ्ख्या २५ हजार सात सय ५२ पुगेको छ । (सिन्ह्वा)

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया