कीर्तिपुर नगरपालिका वडा नं. ७ का अध्यक्ष मालीको निधन

काठमाडौँ : कीर्तिपुर नगरपालिका वडा नम्बर ७ का अध्यक्ष राजकुमार मालीको निधन भएको छ । मस्तिष्कघात भएपछि ललितपुरस्थित वयोधा अस्पतालमा उपचार गराइरहेका मालीको आइतबार साँझ निधन भएको कीर्तिपुर नगरपालिकाका उप-प्रमुख एवं प्रवक्ता सरस्वती खड्काले जानकारी दिइन् ।
उप-प्रमुख खड्काका अनुसार अहिले नगरपालिका परिसरमा मालीको निधनमा शोक सभा भइरहेको छ । शोक सभा पछि मालीको पार्थिव शरीर श्रद्धाञ्जली दिने र नगरपरिक्रमासहित अन्तिम संस्कार गरिने उनले बताइन् ।
मालीले एमालेबाट उम्मेदवार भएर वडाध्यक्ष जितेका थिए । उनी एमाले काठमाडौं जिल्ला सिमिति सदस्यसमेत हुन् ।

कामपाको २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजारको बजेट पारित

स्कुटरको ठक्करबाट वृद्धको मृत्यु

महानगर यातायातले सुरु गर्यो विद्युतीय बस सेवा

भरतपुर अस्पतालको सेफ्टी ट्यांकीमा खसेर पाँच बर्षीया बालिकाको मृत्यु

नेपालमा पनि धर्म परिवर्तन केन्द्र खोल्ने योजनामा थिए छांगुर बाबा

ज्यान मार्ने उद्योगमा ६ वर्षदेखि फरार आरोपी पक्राउ

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

प्रतिक्रिया