कर्मचारी समायोजनसम्बन्धी मुद्दाको फैसला आइतबार

काठमाडौँ - सर्वोच्च अदालतले आज सुनाउने भनिएको कर्मचारी समायोजनसम्बन्धी मुद्दाको फैसला आगामी आइतबार सुनाउने भएको छ ।
कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, बमकुमार श्रेष्ठ र टंकबहादुर मोक्तानको आज बसेको संवैधानिक इजलासले निर्णय सुनाउने मिति आइतबारलाई सारेको हो ।
सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार आज सुनुवाइका लागि समय अपुग भएपछि आगामी आइतबारका लागि निर्णय सुनाउने मिति तय भएको हो ।
कर्मचारी समायोजनसम्बन्धी ९९ थान रिट निवेदनमा गत साउन १७ गते नै सुनुवाइ सकेर फैसलाका लागि आज मिति तोकिएको थियो । यो मुद्दामा फैसला नहुँदा संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन अन्योलमा परेको छ ।

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया