शुक्रबार ०६ असार, २०८२
Friday, June 20, 2025

‘वेकरिज द केक सप’ को आउटलेट काठमाडौंँमा

काठमाडौँ - झापाको बिर्तामोडमा यसअघि सञ्चालनमा आएको ‘वेकरिज द केक सप’ को उद्योग र आउटलेट काठमाडौँमा पनि खुलेको छ । युवा उद्यमीहरुको लगानीमा काठमाडौंमा खुलेको उक्त उद्योग र आउटलेटमा ५० लाखको हाराहारीमा लगानी गरिएको छ ।
यो सपमा चर्चित युवा व्यवसायीद्वय दिपेन्द्र राउत र सञ्जय महासेठले सञ्चालनमा ल्याएका हुन । काठमाडौँको शंखमुलमा खोलिएको उक्त सपको उद्घाटन चर्चित गायक प्रमोद खरेलले गरेका छन् । 

‘फ्रेन्चाइज’ अवधारणामा सञ्चालनमा ल्याइने ‘वेकरिज द केक सप’ को यो पहिलो आउटलेट हो । आउटलेटसँगै स्थापना गरिएको उद्योगमा उत्पादित सामाग्रीहरु अन्य आउटलेटमा उपलब्ध गराउने सञ्चालक दिपेन्द्र राउतले जानकारी दिए । हाल काठमाडौं उपत्यकाका मूख्य चहलपहल भएका विभिन्न स्थानमा खोलिने आउटलेटलाई पुग्ने क्षमताका आधुनिक मेसिनहरुद्वारा केकजन्य सामाग्री उत्पादन गरिने सञ्चालक राउतले बताए ।

‘तत्काल काठमाडौंमा ५० सम्म आउटलेटलाई धान्ने क्षमताका पूर्वाधार र जनशक्ति हामीले तयार गरेका छौं ।’ सञ्चालक राउतले भने– ‘आवश्कता अनुसार उद्योगको क्षमता र जनशक्ति थप्दै लगिनेछ ।’

पछिल्लो समय बर्थ डे, म्यारिज एनिभर्सरी लगायत सबै अवसरहरुमा केकको प्रयोग बढ्दै गएको छ । यस्तो अवस्थामा गुणस्तरीय र ब्रान्डेड केक उपभोक्तामाझ पुर्‍याउने अवधारणाबाट यो केक सपको स्थापना गरिएको छ ।  ‘नेपालमा केकको बास्तविक स्टैण्डर्डराइजेशनको पहिचान हामी दिँदैछौं ।’ सपका अर्का सञ्चालक सञ्जय महासेठले भने– ‘हामीले उत्पादन गर्ने केकको ब्राण्डलाई  अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह (आईएसओ) बाट प्रमाणित गर्दैछौं ।’

यस्तो गुणस्तरीय ब्राण्डेड केकलाई काठमाडौं उपत्यकाभित्र अर्डर भएको १ घण्टामै डेलिभरी व्यवस्था समेत मिलाइएको सञ्चालक महासेठले जानकारी दिए । केक प्रयोगको क्षेत्र र डिजिटल माध्यम प्रयोगको क्षेत्रमा ठूलो ग्याप उनले बताए । यो दुई क्षेत्रको देखिएको लामो ग्यापलाई शून्य पार्ने गरी केक अर्डरमा आफूहरुले भरपुर डिजिटल प्रविधि प्रयोगमा ल्याइएको सञ्चालक महासेठले जानकारी दिए ।

काठमाडौंँमा तत्कालै २० वटा आउटलेट स्थापना गर्ने र त्यस लगतै पोखरा, नेपालगञ्ज र हेटौडामा सेवा विस्तार गर्ने योजना रहेको सञ्चालक महासेठले सुनाए । 
‘वेकरिज द केक सप’को ब्राण्डेड केक प्रयोगले अवसरहरुलाई थप उल्लासमय बनाउन मद्दत पुग्ने विश्वास यो सपका सञ्चालकले लिएका छन् । यो सपले ‘वी सेलेब्रेट युयोर ह्यापीनेस’ स्लोगन तय गरेर सेवा सुरु गरेको हो । 

‘वेकरिज द केक सप’ मा वेकरी सम्वन्धी सम्पूर्ण परिकारहरु उपलब्ध हुनेछन् । यो केक सपले फ्रेस, गुणस्तरीय, उत्कृष्ट र प्रविधियुक्त सरल सेवालाई उच्च प्राथमिकतामा राखेको जनाएको छ ।   उक्त सपमा ‘टिक टक’ प्रेमीहरुलाई लक्षित गरी फोटो तथा भिडियो सूटको लागि उत्कृष्ट डेकोरेसनको समेत व्यवस्था गरिदिएको छ ।

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम

काठमाडौँमा इनड्राइभको कार्यालय उद्घाटन

काठमाडौँमा इनड्राइभको कार्यालय उद्घाटन

लण्डनकै दोश्रो स्थानमा पर्‍यो ब्लुम्स्बरी इन्स्टिच्युट लण्डन

लण्डनकै दोश्रो स्थानमा पर्‍यो ब्लुम्स्बरी इन्स्टिच्युट लण्डन

एनसेल फाउन्डेसन प्रिजेन्ट्स ‘बिन देयर ह्याक्ड द्याट’, ईकोलुपले जित्यो प्रथम उपाधि

एनसेल फाउन्डेसन प्रिजेन्ट्स ‘बिन देयर ह्याक्ड द्याट’, ईकोलुपले जित्यो प्रथम उपाधि

बिग मार्टले मनायो १६औँ वार्षिकोत्सव, मोबाइल एपको शुभारम्भ र ब्राण्ड एम्बेसडर घोषणा

बिग मार्टले मनायो १६औँ वार्षिकोत्सव, मोबाइल एपको शुभारम्भ र ब्राण्ड एम्बेसडर घो…

कजारियाले गर्‍यो नेपालको पहिलो र एक मात्र एच.डि पोलिस्ड टायल सार्वजनिक

कजारियाले गर्‍यो नेपालको पहिलो र एक मात्र एच.डि पोलिस्ड टायल सार्वजनिक

सिप मेला २०८२ का लागि काठमाडौं महानगरपालिका र एनसेल फाउन्डेसनबीच सम्झौता पत्रमा हस्ताक्षर

सिप मेला २०८२ का लागि काठमाडौं महानगरपालिका र एनसेल फाउन्डेसनबीच सम्झौता प…