दार्चुला दुर्घटना : मृतक र घाइतेकाे पहिचान खुल्याे

दार्चुला । जिप दुर्घटनामा परी मृतत्यु हुनेहरुकाे सनाखत भएकाे छ । प्रहरीका अनुसार पुने बाेहरा, उज्जवल बाेहरा, हिक्मत जाग्री रहेका छन् । त्यस्तै रैभान बाेहरा र चम्का बाेहराकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । रैभान र चम्का पति-पत्नी हुन् ।
मृतक सबै बुंगल नगरपालिका बझाङका हुन् ।
जिप दुर्घटनामा परी घाइतेहरुको सनाखत भइसकेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जिल्लाको मालिकार्जुन गाउँपालिका वडा नं ३ बस्ने वर्ष ५० कि गोमति धामी घाइते भएको बताइएको छ भने वडा नं ३ बस्ने वर्ष ३० कि गोमति धामी, मालिकार्जुन गाउँपालिका वडा नं ६ बस्ने अन्दाजी ४० वर्षकि रेवती धामी रहेका छन् ।
त्यस्तै वडा नं ३ बस्ने वर्ष ४२ कि रुपा धामी जिप दुर्घटनाबाट घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवम सूचना अधिकारी जगत मगरले जानकारी दिए । यस्तै मालिकार्जुन गाउँपालिका वडा नं ३ का २१ वर्षका सुमन सिह धामी, महाकाली नगरपालिका वडा नं ३ बस्ने वर्ष ३५ का रमेश लोहार बैतडी डिलासैनी गाउँपालिका वडा नं ३ बस्ने वर्ष २१ का प्रदिप राना बझाङ बुङगल नगरपालिका ८ का वर्ष ६८ का धन बहादुर जागरी तथा महाकाली नगरपालिका वडा नं ७ बस्ने वर्ष २५ का दिलाराम कोली घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
यी मध्ये २ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । बझाङ बुङगल नगरपालिका ८ का वर्ष ६८ का धन बहादुर जागरी र महाकाली नगरपालिका वडा नं ७ बस्ने वर्ष २५ का दिलाराम कोलीको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।
जिल्लाको शैल्यशिखर नगरपालिका ६ ग्लालीको उल्लानी भन्ने ठाउँमा से १ ज ५५१ नम्बरको जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रमुख प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिएका छन् ।
मालिकार्जुन मन्दिर जाने गेटबाट १ किलोमिटर गोकुलेश्वर तर्फको क्षेत्रमा जीप दुर्घटना भएको हाे । जीप दुर्घटनामा परी ४ जना पुरुष र १ जना महिलाको घट्ना स्थलमै मृत्यु भएको प्रहरीले जनाएकाे छ

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया