चितवनमा मजदुर चढेको ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु
१७ घाइते, ६ जनाको अवस्था गम्भीर

काठमाडौँ : चितवनमा ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । १७ जना घाइते भएका छन् । मृत्यु हुनेमा तीन पुरुष, एक महिला र अर्का एक युवक छन् ।२२ जना मजदुर चढेको ना १ त ६२८२ नम्बरको ट्याक्टर चितवनको राप्ती नगरपालिका ११ चिउरी खोलामा आइतबार राती दुर्घटनामा परेको हो । अनियन्त्रित भएर ट्याक्टर दुर्घटना भएको भनिएपनि एकिन कारण खुलेको छैन ।
दुर्घटनामा परी ज्यान गुमाउनेमा चितवनको खैरहनी नगरपालिका ९ का ४० वर्षीय मगन महतो, ५० वर्षीया छनिया महतो, राप्ती नगरपालिका ५ का ३५ वर्षीय खड्ग लामा, राप्ती ४ का ४५ वर्षीय सिताराम श्रेष्ठ छन् । एक युवकको परिचय खुल्न बाँकी रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
वडा नम्बर ११ को वडा कार्यालय भवनको ढलानको काम सकेर फर्किंदै गरेका मजदुर सवार ट्याक्टर दुर्घटना भएको हो । घाइते १७ जनामध्ये ६ जनाको अवस्था चिन्ताजनक रहेको र चितवनका विभिन्न अस्पतालमा उपचार भइरहेको महाशाखाले जनाएको छ ।

विपी राजमार्गः साउनभर राति १२ घण्टा बन्द

आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन

शिव सर्किटको अवधारणामा बाग्मती प्रदेश सरकार
माझी भाषा, संस्कार र संस्कृति जोगाउन प्रशिक्षण

सेफ्टीट्याङ्कीमा खसेर बालिकाको मृत्यु

बाँदरले दुःख दिएपछि बेसार खेतीतिर किसान

प्रतिक्रिया