द्वन्द्व पीडित नन्दराज बडूलाई राहतको चिठी आयो, रकम आएन

बैतडी- बैतडीको दशरथचन्द नगरपालिका- ७ सुर्कालका नन्दराज बडू द्वन्द्वपीडित हुन् । उनी तत्कालीन विद्रोही पक्ष नेकपा माओवादीमा संलग्न भएकाले उनका बुबालाई बेपत्ता पारियो । बुबाको अवस्था अझै आज्ञात छ ।
२० वर्षअघि २०५९ सालमा व्यक्तिगत कामका लागि बैतडीबाट कञ्चनपूर जाँदै गरेका उनका बुबा गंगादत्त बडू बाटोबाटै बेपत्ता भए । द्वन्द्वका कारण बबा गुमाएका नन्दराजको शरीरका अंगले कुटाइ खाएका कारण राम्रोसँग काम गर्दैनन् ।
यस विषयमा समाचार प्रशारण तथा प्रकाशन भएपछि नन्दराजबारे छानबिन गरी राहत स्वरुप १० लाख रकम प्रदान गरिने चिठी प्राप्त भयो । तर, उक्त चिठीअनुसारको रकम भने अझै पाइएको छैनन् ।
नन्दराजलाई गृह मन्त्रालयमार्फत १० लाख रकम उपलब्ध गराउन बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले सिफारिस गरेको छ । उक्त चिठी नन्दराजका नाममा गत १३ जेठमा पठाइएको छ । तर, उनले हालसम्म रकम पाउने विषयमा अन्य जानकारी प्राप्त गरेका छैनन् ।
नन्दराजका छोरासमेत अपांग छन् । छोराको उपचार गर्न र पैसा जुटाउन भारतका विभिन्न ठाउँहरूमा मजदुरी गरे पनि छोराको उपचार सम्भव भइसकेको छैन् ।
उनी भन्छन्, ‘द्वन्द्वकालका धेरै घाइते र बेपत्ता परिवारले सरकारबाट राहत प्राप्त गर्दा मैले केही पाएको छैन । बुबा बेपत्ता भएको २० वर्षपछि बल्ल गत मंसिरमा बेपत्ता परिवारको परिचयपत्र पाएको छु । म जस्ता दर्जनौँ साथीहरूले १० देखि १५ लाख रकम पाएका छन् । तर, मैले केही पाएको छैन । मेरै पार्टीका नेताहरूबाट राहतको आश्वासन पाउँछु । तर राहत पाउँदिन । भारतमा जुठो भाडा माझ्ने काम गर्न गए पनि मेरो घरमा प्रहरी आयो घर आउ भन्ने सन्देश गइरहन्छ ।’
उनले दर्जनौँपटक तत्कालीन शान्ति समिति, जिल्ला प्रशासन कार्यालय, मानवअधिकारवादी संस्था सबै ठाउँ धाए पनि केही सहयोग नपाएको गुनासो गरे ।
‘बुवाको मृत्यु भएको जानकारी मात्रै पाए पनि काजकिरिया गर्थेँ । तर, न सास न लास भनेझैँ केही खबर पाएको छैन,’ नन्दराज भन्छन् । उनका बुबालाई तत्कालीन सरकारी पक्षले मारेको हुनसक्ने उनको आशंका छ ।

प्रहरीका पाँच युनिटलाई विपद् उद्धार सामग्री हस्तान्तरण

कैलालीमा नक्षत्र वाटिका

भीरबाट लडेर महिलाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_uYo6SbrWTv_rumxl2apwoyuvflfztwpvdgjc9ydofrmgqonrriyntgyhlvgnyzoem7wzd7a_hr41hynsjG_2y9corcnu9br6ffmvtnxawkiq0hexjeeceacirdgknctrndqvreqnzr9myj8.jpg)
बाढीको जोखिममा रहेका घरमा रातो झण्डा

पुर्ख्यौली सीप बोकेका गङ्गाराम भन्छन्- आत्मनिर्भर हुनका लागि मेसिन अनुदानमा पाउ…

कैलालीमा सुत्केरी मृत फेला

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

प्रतिक्रिया