१० खर्ब बढी विप्रेषण भित्रियो

काठमाडौँ- आर्थिक वर्ष २०७८/७९ मा रु १० खर्ब सात अर्ब ३१ करोड बराबरको विप्रेषण आप्रवाह भएको छ । यो कूल चार दशमलव आठ प्रतिशत बराबरको वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
केन्द्रीय बैंकले सो आवको आज सार्वजनिक गरेको विवरणअनुसार अपेक्षित रुपमा नै विप्रेषण आप्रवाह भएको हो । अघिल्लो वर्ष विप्रेषण आप्रवाह नौ दशमलव आठ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह दुई दशमलव दुई प्रतिशतले वृद्धि भई आठ अर्ब ३३ करोड पुगेको छ ।
अघिल्लो आवमा यस्तो आप्रवाह आठ दशमलव दुई प्रतिशतले बढेको थियो । समीक्षा वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको सङ्ख्या उल्लेख्य रुपमा वृद्धि भई तीन लाख ५४ हजार छ सय ६० पुगेको छ । अघिल्लो आवमा यस्तो सङ्ख्या ६२ दशमलब आठ प्रतिशतले घटेको थियो ।
त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा गत आवमा १९८ दशमलव पाँच प्रतिशतले वृद्धि भई दुई लाख ८२ हजार चार सय ५३ पुगेको छ । अघिल्लो आवमा यो सङ्ख्या ४६ दशमलव आठ प्रतिशतले घटेको थियो ।
समीक्षा वर्षमा खुद ट्रान्सफर चार दशमलव तीन प्रतिशतले वृद्धि भई रु ११ खर्ब १७ अर्ब ८८ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो ट्रान्सफर नौ दशमलव एक प्रतिशतले बढेको थियो ।

सुनको मूल्य घट्यो

राष्ट्र बैंकले गर्यो पेवेल नेपाल र सजिलो पे पेमेन्टको अनुमतिपत्र खारेज

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा ८ अर्ब ५२ करोड राजस्व सङ्कलन
_QZrNGSgWPe_48ubebwgi7xazprqxylgl5vq2ihohqgcqq8eac7cdiqok2hbwys03um1z07k_o5xvjXNaGe_6livrhk15p5munm8ozfuljnc5y3w6dnvxrnucn8hyys81ipuetminxvr4yb6_Qb3PcImD7r_tslyjdbi0ku3szifpuyuwrotk9pxcwp83ihdbd5ulpfwlnhunzrcyfvwknko.jpg)
देशको पहिलो ‘फ्लाई ओभर’ निर्माण सकियो, प्रधानमन्त्री ओलीले आज उद्घाटन गर्दै

कतिमा कारोबार हुँदैछ विदेशी मुद्रा ?

याङ्गोले ल्यायो दैनिक चार हजारसम्म कमाउने अफर

सुनचाँदीको मूल्य सामान्य घट्यो, आज कतिमा कारोबार हुँदैछ?

प्रतिक्रिया