भारतबाट तीन पटक घटेर आएपनि निगमले नघटाउने भयाे इन्धनकाे मूल्य

काठमाडौँ- नेपाल आयल निगमले तत्काल इन्धनको मूल्य समायोजन नगर्ने भएको छ ।
मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै निगमले संस्थाको ऋणको दायित्व धेरै भएका कारण हाललाई मूल्य यथावत नै राख्ने निर्णय भएको जनाएको हो । पत्रकार सम्मेलनमा निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले पछिल्लो तीन पटकको मूल्यसूची घटेर आएपनि ऋण र भुक्तानीको बक्यौता धेरै भएकाले अहिलेलाई मूल्य समायोजन गर्न नसकिएको बताए ।
उनले यसअघि अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि हुँदा पूर्ण रुपमा निगमले वृद्धि नगर्दा करिब ५० अर्व घाटामा गएको जानकारी दिए । थानीले अहिले भारतीय आयल कर्पोरेसन (आईओसी)लाई तिर्नु पर्ने बक्यौता अझै २३ अर्ब रुपैयाँ बाँकी रहको बताए ।
सरकार र वाणिज्य बैंकबाट लिइएको १० अर्ब ऋण र २३ अर्ब बक्यौता गरी ३३ अर्बको भार अझैपनि रहेको थानीले बताए । आईओसीबाट आएको नयाँ मूल्य अनुसार निगमलाई पेट्रोलमा ४ रुपैयाँ ७४ पैसा नाफा, डिजेलमा ४ रुपैयाँ ५० पैसा र ग्यासमा ४९९ रुपैयाँ ५७ पैसा घाटा रहेको उनले जानकारी दिए ।
अहिलेको मूल्यसूची अनुसार मासिक ६२ करोड रुपैयाँ घाटा हुने उनले बताए ।

सुनको मूल्य घट्यो

राष्ट्र बैंकले गर्यो पेवेल नेपाल र सजिलो पे पेमेन्टको अनुमतिपत्र खारेज

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा ८ अर्ब ५२ करोड राजस्व सङ्कलन
_QZrNGSgWPe_48ubebwgi7xazprqxylgl5vq2ihohqgcqq8eac7cdiqok2hbwys03um1z07k_o5xvjXNaGe_6livrhk15p5munm8ozfuljnc5y3w6dnvxrnucn8hyys81ipuetminxvr4yb6_nk6fTcgkIJ_ypsyjdzonmbs0g33jukiehbryinol6vim2qsputdijbirrb4z5q7teu92jtj.jpg)
देशको पहिलो ‘फ्लाई ओभर’ निर्माण सकियो, प्रधानमन्त्री ओलीले आज उद्घाटन गर्दै

कतिमा कारोबार हुँदैछ विदेशी मुद्रा ?

याङ्गोले ल्यायो दैनिक चार हजारसम्म कमाउने अफर

सुनचाँदीको मूल्य सामान्य घट्यो, आज कतिमा कारोबार हुँदैछ?

प्रतिक्रिया