उच्च अदालत विराटनगरमा दुई वर्ष नाघेका मुद्दाको संख्या शून्य

विराटनगर- अदालतप्रति नागरिकको जनआस्था बढाउन न्याय प्रणालीलाई छिटो र सरल बनाउँदै लैजाने अभियान अन्तरगत उच्च अदालत विराटनगरले अघिल्लो आर्थिक वर्षमा दुई वर्ष नाघेका मुद्दाको संख्या शून्यमा झार्न सफल भएको छ । मुद्दाको संख्या उच्च रहेका मुलुकभरका सातवटा उच्च अदालतहरू मध्ये उच्च अदालत विराटनगरले आर्थिक वर्ष २०७७-७८ बाटै जिम्मेवारी सरेर आएका दुई वर्षको समय नाघ्ने ५६६ वटा मुद्दालाई गत आर्थिक वर्ष २०७८-७९ मा फर्छ्यौट गर्न सफल भएको हो ।
उच्च अदालत विराटनगरले मंगलबार सुरक्षाकर्मीहरूसँग आयोजित अन्तर्क्रिया कार्यक्रममा अदालतका रजिष्ट्रार जितेन्द्रबाबु थपलियाले आव २०७८-७९ मा जिम्मेवारी सरेर आएका कूल १ हजार ५५३ र नयाँ दर्ता भएका ३ हजार ४४९ गरी ५ हजार २ वटा मुद्दाहरु मध्ये ६० दशमलव ४५ प्रतिशत मुद्दा फर्छ्यौट गरिएको जानकारी दिए । जसमध्ये दुई वर्ष नाघेका मुद्दाको संख्या शून्यमा झारिएको उनले बताए । उनले दुई वर्ष नाघेका मुद्दा मात्रै नभई कूल मुद्दा फर्छ्यौटमा समेत उच्च अदालत विराटनगरले सबैभन्दा धेरै ६० प्रतिशत प्रगति हासिल गरेको दाबी गरे ।
दुई नाघेका सबैभन्दा बढी मुद्दा उच्च अदालत पाटनमा १ हजार २६ वटा रहेको जनाइएको छ । त्यसपछि वीरगञ्ज इजलासमा २४७, उच्च अदालत जनकपुरमा १७९, राजविराज इजलासमा १७१, नेपालगञ्ज इजलासमा १८ र बुटवल इजलासमा १३ वटा मुद्दा दुई वर्ष म्याद नाघेको उच्च अदालत विराटनगरका रजिष्ट्रार थपलियाले बताए ।
तत्कालीन मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठले ‘उच्च अदालत कस्तो, विराटनगर जस्तो’ भन्ने नाराका साथ सुरु गरेको अदालत सुधार अभियान अन्तरगत उच्च अदालत विराटनगरले आव २०७८-७९ मा दुई वर्ष नाघेका मुद्दाको संख्या शून्य बनाउन सफल भएको हो । तत्कालीन मुख्य न्यायाधीश श्रेष्ठ पाँच महिनाअघि सर्वोच्चको न्यायाधीशमा सिफारिस भएर गएका थिए ।
उनले आर्थिक वर्ष २०७७-७८ मा एक्लैले ७०३ वटा मुद्दाको फैसला गरेर मुलुकभरका उच्च अदालत र त्यस अन्तर्गतका इजलासमा कार्यरत न्यायाधीशहरू मध्ये सबैभन्दा बढी मुद्दा फैसला गर्ने रेकर्ड बनाएका थिए । सोही आर्थिक वर्षदेखि उच्च अदालत विराटनगरमा दुई वर्ष नाघेका मुद्दाको संख्या शून्यमा झारिएको थियो भने अघिल्लो आवमा समेत त्यसलाई निरन्तरता दिन सफल भएको हो ।
अघिल्लो आवमा उच्च अदालत विराटनगरमा रहेका कूल ५ हजार २ वटा मुद्दाहरु मध्ये मुख्य न्यायाधीश श्रेष्ठ एक्लैले सबैभन्दा बढी ७३२ वटा मुद्दा फैसला गरेका छन् । त्यसपछि सबैभन्दा धेरै न्यायाधीश मिलनकुमार राईले ६७२, न्यायाधीश मुरारी बाबु श्रेष्ठले ६३५ र न्यायाधीश कृष्ण कमल अधिकारीले ५६९ वटा मुद्दाको फैसला गरेका छन् ।
उच्च अदालत विराटनगरका कामु मुख्य न्यायाधीश सत्यमोहन जोशी थारुले १२ जना न्यायाधीश रहनुपर्ने भएपनि हाल ९ जना न्यायाधीशहरूबाटै विराटनगर उच्च अदालतलाई मुद्दा फर्छ्योटमा नमुनाका रुपमा प्रगति हासिल गरेको बताए । उनले कार्यरत न्यायाधीशको संख्याको आधारमा ठूलो सफलता प्राप्त गरेको दाबी गरे ।
मुद्दाको फैसलाका लागि उच्च अदालत विराटनगरमा मुद्दा फर्छ्यौट अभियान शाखा नै सिर्जना गरिएको थियो । उक्त शाखाले दुई वर्ष नाघेका मुद्दाको अभिलेख बनाएर फर्छ्यौटलाई तीव्रता दिएको रजिष्ट्रार थपलियाले जानकारी दिए । साथै २०८० साल असार मसान्तसम्म १८ महिना नाघ्ने मुद्दाको व्यवस्थापनका लागि समेत छुट्टै अभियान फाँटको व्यवस्था गरिएको जनाइएको छ ।
कार्यक्रममा उच्च अदालत विराटनगरका न्यायाधीश रामबहादुर थापाले अदालतप्रतिको आस्था टिकाइराख्ने कुरामा सञ्चारकर्मीहरूको भूमिका महत्वपूर्ण रहेको बताए । उनले अदालतसम्बन्धी धेरै समाचारहरू तथ्यपरक आउने गरेको र नबुझिएका अदालती मामिलाहरूमा सञ्चारकर्मीहरूले समेत सहजताका साथ समन्वय गरेर काम गर्न सक्ने बताए ।
न्यायाधीश थापाले चालू आर्थिक वर्षमा करिब ५ हजार १०० वटा मुद्दा आउन सक्ने अनुमानका आधारमा त्यसको ६५ प्रतिशत मुद्दालाई फर्छ्यौट गर्ने लक्ष्य निर्धारण गरिएको बताए । जसमध्ये चालू आवको साउन २९ गतेसम्म कायम रहेका २ हजार २८७ वटा मुद्दाहरू मध्ये ५ प्रतिशत अर्थात ११५ वटा मुद्दा फर्छ्यौट गरिसकेको जानकारी दिए ।
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_3J5a54rFV7_mdaeyhtd8d4uhsvrlf1fxnufv7nsfr4etsilb9n1oakkosksjdgafjnabhcz.jpg)
सभाखोलामा आएको बाढीले जनजीवन प्रभावित

तराई, पहाड र हिमालको अनुभव हुने ‘ग्रेटर मुन्दुम ट्रेल’

हुरीले घर भत्किँदा एक जनाको मृत्यु

चोरी भएका ल्यापटप एक वर्षपछि फेला परे
६४ वर्षमा पनि जाँगरिला ‘युक्ति’

चन्दा सङ्कलन गरेर विद्यालयलाई बस

१५ लाख भारुसहित एक जना पक्राउ

प्रतिक्रिया