बीमकलाई बीमा समितिको पक्षपात, कम्पनी हेरेर कारबाही

काठमाडौँ – बीमा कम्पनीहरूको नियामक बीमा समितिले बीमा कम्पनीहरुलाई पनि पक्षपात गर्ने पाइएको छ । समितिले बीमकको दर्ता प्रमाणपत्र नवीकरण ढिला गरेका कम्पनीको नवीकरणमा पक्षपात गरेको हो ।
नवीकरण नगरी बीमा कार्य सञ्चालन गर्ने केही बीमकलाई बीमा ऐन, २०४९ को नियम ३६ ले दिएको अधिकार प्रयोग गरी उच्चतम दरबाट १० हजार जरिवाना गरेको छ तर त्यस्तै गरी नवीकरण नगरी कारोवार गर्ने अन्य बीमकलाई कुनै किसिमको कारबाही नगरी निर्वाध रुपमा कारोवार गरिरहेकोमा समितिको सञ्चालक समिति मौन बसेको महालेखको कार्यमूलक प्रतिवेदनले औल्याएको छ ।
बीमा समितिले प्राइम लाइफ इन्स्योरेन्स कम्पनी र गुराँस लाइफ इन्स्योरेन्सले २०७०/७१ देखि २०७३/७४ को प्रमाणपत्र नवीकरण नगराइ बीमा कारोवार गरेकोले सञ्चालक समितिको २०७४-४-३२ को निर्णयानुसार १० हजार रुपैयाँका दरले जरिवाना गरी नवीकरण गरेको देखिन्छ । तर युनाइटेड इन्स्योरेन्स कम्पनीको २०६९ देखि २०७४ सालसम्म नवीकरण नगरी गरेको कारोबारको सञ्चालक समितिको २०७४ साल जेष्ठ २५ को बैठकबाट नवीकरण गरेको तर उक्त कम्पनीलाई कुनैपनि जरिवाना नगरेको उल्लेख छ ।
यसरी कुनै कम्पनीले करिव २ वर्षमा नवीकरण गर्दा समितिले उच्च जरिवाना गरेको देखिन्छ भने प्रभावशाली कम्पनीले ५ वर्षसम्म बिना नवीकरण निर्वाध रुपमा सेवा सञ्चालन गर्दा समेत बीमा समितिले कुनै प्रकारको कारबाही गरेको देखिदैन ।

बीमा प्राधिकरणको सञ्चालक समिति सदस्य पोखरेलले लिइन् शपथ

नेपाल लाइफ इन्स्योरेन्सका निर्वाचित ३ संचालकद्वारा पदबहाली

नेपाल लाइफद्वारा 'छुट्ला है छुट' योजना सार्वजनिक

एलआइसी नेपालको सेयर लिलामी भर्ने आज अन्तिम दिन

'जोखिमलाई व्यवस्थापन गर्ने स्मार्ट उपाय'

नेपाल लाइफको एम.डी.आर.टी अचिभर्स अवार्ड,२०२५ समारोह भव्यता पूर्वक सम्पन्न

नेपाल लाइफ क्यापिटलको साधारण सभा : सञ्चालक समितिको अध्यक्षमा लामिछाने

प्रतिक्रिया