सांसदहरूलाई एक करोड दिने कार्यविधि स्वीकृत, भदौ १५ भित्र योजना छनौट गर्नुपर्ने
प्रदेश १ मन्त्रिपरिषद् बैठक

विराटनगर- प्रदेश १ सरकारले चालू आर्थिक वर्ष २०७९/८० मा सांसदहरूलाई निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम अन्तर्गत एक करोड रुपैयाँ दिने कार्यविधि स्वीकृत गरेको छ ।
स्वीकृत कार्यविधि अनुसार प्रदेश सांसदहरूले आगामी भदौ १५ गतेभित्र योजना छनौट गरी पेस गर्नुपर्ने व्यवस्था गरिएको प्रदेश सरकारका प्रवक्ता एवं यातायात तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले बताए ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम संचालन कार्यविधि २०७९, स्वीकृत गरेको प्रवक्ता घिमिरेले जानकारी दिए । उनले भदौ १५ गतेभित्र प्रदेश सभाका प्रत्यक्ष र समानुपातिक दुवै सांसदहरूले आफ्नो क्षेत्रमा कार्यान्वयन गर्ने योजनाहरू छनौट गरी कार्यान्वयनको प्रक्रियामा लैजान बाटो खुलेको बताए । ‘मन्त्रिपरिषद् बैठकले कार्यविधि स्वीकृत गरेको छ, भदौ १५ सम्ममा माननीयहरूले योजना छनौट गरी कार्यान्वयनका लागि जान बाटो खोलिएको छ,’ उनले भने, ‘जसमध्ये १७ वटासम्म पूर्वाधारका योजना र १० वटासम्म मानवीय संसाधनका योजना छनौट गर्न पाउने कार्यविधिमा व्यवस्था गरिएको छ ।’
चालू आर्थिक वर्षको बजेटमै प्रदेश १ का हाल कायम रहेका ९० जना सांसदहरूले स्थानीय तहहरू मार्फत योजना छनौट गरी कार्यान्वयन गर्नका लागि प्रत्येक सांसदलाई १ करोड रुपैयाँ छुट्याइएको छ । बजेट वक्तव्यको बुँदा नम्बर ७० मा प्रदेश सभा सदस्यहरूको समान भूमिका रहने गरी स्थानीय तहमार्फत कार्यान्वयन हुने निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको लागि ९० करोड विनियोजन गरिएको उल्लेख थियो ।
बजेटमै उल्लेख भएको कर्मचारी प्रोत्साहन कार्यक्रम अन्तर्गत प्रदेशमा ६ महिना बढी काम गरेका कर्मचारीहरूलाई एक महिना बराबरको तलब दिने घोषणा कार्यान्वयन गर्न कर्मचारी प्रोत्साहन कार्यविधि २०७९ पनि मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ ।
सरकारले प्रदेश १ को नयाँ कर्मचारी संगठन व्यवस्थापन तथा सर्वेक्षण कार्यविधि स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता घिमिरेले बताए । यसअघि नै संचालनमा ल्याइएको मुख्यमन्त्री ड्यास बोर्डलाई अझ प्रभावकारी रुपमा संचालन गर्न भन्दै ड्यासबोर्ड व्यवस्थापन निर्देशिका २०७९ स्वीकृत गरिएको जनाइएको छ । बोर्डको माध्यमबाट सरकारको नीति तथा कार्यक्रम र बजेटहरूको अनुगमन डिजिटल प्रणालीबाट गर्ने र नागरिकहरूले समेत सरकारको कामको प्रगति पारदर्शी रुपमा हेर्न पाउने मन्त्री घिमिरेले दाबी गरे ।
त्यसैगरी सार्वजनिक खर्चको मापदण्डसम्बन्धी कार्यविधि २०७९ स्वीकृति पनि गरेको छ । कार्यविधिमार्फत प्रदेश सरकार अन्तर्गतका मन्त्रालय र मातहतका कार्यालयहरूलाई अझ बढी जवाफदेही बनाउन मद्दत पुग्ने सरकारको दाबी छ । मन्त्रिपरिषद् बैठकले प्रदेश श्रम सल्लाहकार परिषद् निर्देशिकाको पहिलो संशोधनका लागि स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।
घरेलु मदिरा ब्रान्डिङ गर्न निर्देशक समिति
यसैगरी प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश १ मा उत्पादन हुने घरेलु मदिराको ब्रान्डिङ गर्नका लागि आवश्यक तयारीका लागि एक निर्देशक समिति गठन गर्ने निर्णय गरेको छ । विगतमै प्रदेश सरकारका मन्त्रीस्तरीय निर्णयहरूबाट घरेलु मदिरालाई ब्रान्डिङ गरेर विदेशी मदिरालाई निरुत्साहन गर्ने भन्दै कार्यदल गठन भएको थियो । त्यसलाई अघि व्यवस्थित रुपमा अध्ययन गर्नका लागि प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले निर्देशक समिति गठन गर्ने कार्यादेशलाई स्वीकृत गरेको मन्त्री घिमिरेले जानकारी दिए ।
सरकारले प्रदेश १ का पहाडी र हिमाली जिल्लाहरूमा खटिने विशेषज्ञ चिकित्सकहरूलाई प्रोत्साहन उपलब्ध गर्न विशेषज्ञ चिकित्सक प्रोत्साहन कार्यविधि २०७९ स्वीकृत गर्ने निर्णय गरेको छ । आठौं तहदेखि माथिका विशेषज्ञ चिकित्सकहरू तराईका जिल्लाहरूमा मात्रै बस्ने गरेकोले पहाडी जिल्लाहरूमा जानका लागि प्रोत्साहनको व्यवस्था गरिएको जनाइएको छ । ‘पहाडी क्षेत्रका नागरिकलाई पनि स्वास्थ्य सेवा उपलब्ध गराउनु पर्ने हुन्छ, जनताको सेवाका लागि त्यहाँ जान प्रोत्साहन मिल्ने गरी प्रोत्साहन कार्यविधि बनाएर मन्त्रिपरिषद्ले स्वीकृत गरेका छौं,’ प्रवक्ता घिमिरेले भने ।
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_Atz9cMT14C_faveljtdnjzyzujfznmneptciqwpjkuorz4ezznsdse6mqko8c3btupa40h0.jpg)
सभाखोलामा आएको बाढीले जनजीवन प्रभावित

तराई, पहाड र हिमालको अनुभव हुने ‘ग्रेटर मुन्दुम ट्रेल’

हुरीले घर भत्किँदा एक जनाको मृत्यु

चोरी भएका ल्यापटप एक वर्षपछि फेला परे
६४ वर्षमा पनि जाँगरिला ‘युक्ति’

चन्दा सङ्कलन गरेर विद्यालयलाई बस

१५ लाख भारुसहित एक जना पक्राउ

प्रतिक्रिया