परीक्षार्थीले प्रश्नपत्र र उत्तर पुस्तिकाको भिडियो बनाइ सामाजिक सञ्जालमा राखेपछि...

काठमाडौँ- परीक्षार्थीले प्रश्नपत्रको र उत्तर पुस्तिकाको भिडियो बनाइ सामाजिक सञ्जालमा राखेपछि उनको परीक्षा रद्द गरिएको छ ।
शिक्षा सेवा आयोगले एक सूचना जारी गर्दै साउन २८ गते सञ्चालन भएको निमावि तहको अध्यापन अनुमतिपत्रको परीक्षामा सुदूरपश्चिम प्रदेश अन्तरगत कैलाली जिल्लाको केन्द्र नम्बर ७११ त्रिभुवन मावि ख केन्द्रका परीक्षार्थी विनोद कुमार बमको परीक्षा रद्द गरेको जानकारी दिएको छ ।
उनलाई आगामी दुई वर्षसम्म आयोगबाट सञ्चालन गरिने अध्यापन अनुमतिपत्रको परीक्षा लगायत कुनै पनि प्रतिस्पर्धात्मक परीक्षामा सहभागी हुन नपाउने गरी रोक लगाइएको सूचनामा जनाइएको छ ।

एम्बार्क अनम्याथको “उद्यमी गणित“ कार्यक्रमः शैक्षिक गणितलाई व्यवहारिक प्रयोगमा रू…

किङ्स कलेजले साउन १०–११ गते नेपाल आन्टरप्रेनरशिप फोरमको आयोजना गर्ने

लुम्बिनी बौद्ध विश्वविद्यालयको १८ औँ सभा, ४९ करोड ५९ लाख बजेट स्वीकृत

केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्डबाट विश्व निकेतन सम्मानित

सुदूरपश्चिम विश्वविद्यालयको सिनेट, एक अर्ब ५४ करोड बजेट स्वीकृत

‘केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ सम्पन्न

सफ्टवारिका कलेजमा टेक एक्स: एलिभेट २०२५ को तेस्रो संस्करण हुँदै

प्रतिक्रिया