विपद्मा व्यवसायलाई निरन्तरता दिन रणनीति बनाउनुपर्नेमा जोड

विराटनगर - विपद् र प्रकोपका कारण हुने क्षतिबाट बच्न उद्योग तथा व्यवसायिक क्षेत्रले आवश्यक योजना नबनाएका कारण बर्षेनी ठुलो क्षति व्यहोर्नु परेको भन्दै त्यसबाट बच्न उद्योगी व्यवसायीहरुले रणनीति बनाउनुपर्नेमा जोड दिएका छन् ।
नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश १ समितिको आयोजनामा सोमबार विराटनगरमा आयोजित प्रदेश १ स्तरीय अभिमुखीकरण कार्यक्रममा विपद्कै कारण व्यवसायको निरन्तरताका लागि पर्नसक्ने अप्ठेरो र दीर्घकालिन असरबाट बच्न व्यवसायिक क्षेत्रलाई रणनीति तयार गर्नुपर्नेमा जोड दिइएको हो ।
नेपाल भूकम्पीय जोखिममा विश्वको ११ औं र चट्याङको प्रकोपबाट हुने जोखिमा ५औं स्थानमा रहेको भन्दै ठुला विपद्का कारण ठुला व्यवसायिक क्षेत्र ४० प्रतिशतसम्म निष्प्रभावी हुने जनाइएको छ । त्यस्तो विपद्पछिको २ बर्षभित्र व्यवसायिक क्षेत्रलाई आवश्यक टेवा दिन नसके थप २० प्रतिशत व्यवसाय बन्द हुने कार्यक्रममा जनाइएको छ ।
विपद्को समयमा पनि व्यवसायिक क्षेत्रले निरन्तरता पाएको खण्डमा भने त्यहाँ काम गर्ने श्रमिक तथा कर्मचारीहरुको जीवनको सुरक्षा, घाटा कम हुने, विश्वसनीयता र प्रतिष्ठामा बृद्धि हुने, प्रतिस्पर्धात्मक वित्तीय लाभ प्राप्त हुने र सामाजिक उत्तरदायित्व समेत सहजै पुरा हुने विज्ञहरुले जानकारी दिए ।
नेपाल उद्योग बाणिज्य महासंघकी बरिष्ठ अधिकृत रजनी नेपाल र एसिया प्यासिफिक एलायन्सका विपद् हेर्ने कन्ट्री डाइरेक्टर ताई कामीकुराले विपद्को बेलामा व्यवसायिक क्षेत्रको निरन्तरता चुनौतीपूर्ण रहेको बताए ।
प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव कालीप्रसाद पराजुलीले विपद्ले भइरहेका विद्यमान व्यवस्था र सन्तुलनलाई असर पुर्याउने तथा त्यसको प्रभावबाट निजी क्षेत्र प्रत्यक्ष प्रभावित हुने बताए । उनले विपद् अघि नै जोखिम न्यूनीकरण गर्नका लागि आवश्यक उपायहरूको खोजी गर्नुपर्ने सुझाव दिए ।
विपद्बाट हुने जोखिमको असरलाई एउटै निकायले मात्रै बोक्न नसक्ने भएकोले जोखिम न्यूनीकरण गर्न सबै क्षेत्रको दायित्व समान रहने सचिव पराजुलीले उल्लेख गरे । उनले प्रदेश १ सरकारले चालु आर्थिक बर्षमा विपद्को जोखिम न्यूनीकरण, राहत तथा उद्दारका लागि ४० लाख रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिए ।
आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव शिवकुमार कार्कीले विपद्पश्चात मुलुकको अर्थतन्त्र नै प्रभावित हुने भएकोले उद्योगी व्यवसायिक क्षेत्रलाई पर्याप्त ज्ञान र सीप आवश्यक हुनुपर्ने बताए । उनले उद्योगहरूले विपद् जोखिम न्यूनीकरणका लागि योजना बनाएर काम गर्नुपर्ने बताए ।
उद्योग बाणिज्य महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष एवं विपद् व्यवस्थापन समितिका सभापति किशोर प्रधानले विपद्को समयमा उद्योगहरुलाई बचाउनका व्यवसायीहरु नै बढी सजग हुनुपर्ने बताए । अभिमुखीकरणका माध्यमबाट व्यवसायिक र अन्य सरोकारवाला क्षेत्रलाई महासंघले सहजीकरण गरिरहेको जानकारी दिए ।
नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य तथा प्रदेश १ उपाध्यक्ष राजेन्द्र राउतले विपद्को बेलामा अन्य निकायहरु भन्दा पहिले राज्य तयार हुनुपर्ने बताए । उनले विपद्अघि नै गरिने तयारीले जोखिम न्यूनीकरणमा मद्दत पुर्याउने दाबी गरे । साथै निजी क्षेत्रले समेत विपद्को समयमा सहयोग गर्दै आइरहेकोले सरकारसँगको सम्बन्ध सकारात्मक हुनुपर्ने उनले बताए ।
महासंघ प्रदेश समितिका अध्यक्ष टिकाराज ढकालले विपद्को समयमा धनजनको क्षति बढ्ने भएकोले जोखिम पूर्वतयारी र असरको विश्लेषण गरेर मात्रै उद्योग व्यवसाय क्षेत्रको संचालन रणनीति बन्नुपर्ने सुझाव दिए । उनले विपद्पछि उद्योगधन्दा धरासायी हुने र त्यसबाट राज्यले राजश्वसमेत गुमाउने भन्दै सरकारले हरेक समयमा निजी क्षेत्रलाई सहयोग गर्नुपर्ने बताए ।
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_Atz9cMT14C_faveljtdnjzyzujfznmneptciqwpjkuorz4ezznsdse6mqko8c3btupa40h0.jpg)
सभाखोलामा आएको बाढीले जनजीवन प्रभावित

तराई, पहाड र हिमालको अनुभव हुने ‘ग्रेटर मुन्दुम ट्रेल’

हुरीले घर भत्किँदा एक जनाको मृत्यु

चोरी भएका ल्यापटप एक वर्षपछि फेला परे
६४ वर्षमा पनि जाँगरिला ‘युक्ति’

चन्दा सङ्कलन गरेर विद्यालयलाई बस

१५ लाख भारुसहित एक जना पक्राउ

प्रतिक्रिया