बिर्तामोडको फोहाेर निजी जग्गामा व्यवस्थापन गरिने

बनियानी- केही दिनदेखि सडक किनारमै रहेको बिर्तामोडको फोहाेर उठ्ने भएको छ । नगरपालिका क्षेत्रको फोहाेर निजी जग्गामा व्यवस्थापन गरिने भएसँगै फोहाेर उठ्ने भएको हो ।
नगरमा उत्पादित फोहाेर तत्कालका लागि बिर्तामोड-८ हर्चनास्थित सुरेन्द्र नेपालको निजी जग्गामा बिर्सन गरिने भएको नगरपालिकाका प्रवक्ता अग्नि पाण्डेले जानकारी दिए । जग्गाधनीसँग सहमति भइसकेकाले नगरको फोहाेर आजदेखि नै उठाइने उनले बताए । बिर्तामोडमा फोहाेर व्यवस्थापनमा समस्या हुँदा केही दिनयता फोहोर सडक किनारमै रहेको छ ।
सर्वदलीय बैठकमार्फत फोहाेर व्यवस्थापन गर्न सबै राजनीतिक दल, स्थानीयवासी र सरोकारवालाले आवश्यक सहयोग/समन्वय गर्ने निर्णय भएको नगरप्रमुख पवित्रा महताराले बताइन् । फोहाेर विसर्जनस्थलसम्म जाने सडकको स्तरोन्नति, तटबन्ध र सडक बत्ती जडानलगायत नगरपालिकाले आवश्यक बजेट विनियोजन गर्ने भएको छ ।
बिर्तामोड-७ स्थित सुन्दर निचाझोडा वन क्षेत्रमा रहेको खाली जग्गामा वृक्षारोपण गरी फोहाेर व्यवस्थापन गर्न सम्भाव्यता अध्ययन, फोहाेर व्यवस्थापनको दिगो र प्रभावकारी व्यवस्थापनका लागि नगरपालिकाले उपयुक्त स्थानमा आवश्यक जग्गा खोजी तथा प्राप्ति तथा कनकाई-अर्जुन-बिर्ता नवीकरणीय ऊर्जा कम्पनीमार्फत फोहाेरबाट ऊर्जा र मल उत्पादन गर्ने कार्यमा साझेदारी गर्ने निर्णय गरिएको छ ।
कुहिने र नकुहिने फोहाेर वर्गीकरण गर्न नगरका सबै घर परिवार तथा व्यावसायिक प्रतिष्ठानलाई आह्वान गरिएको छ । वर्गीकरण नभएको फोहाेर सङ्कलन नगर्ने कार्ययोजना बनाएर लागू गर्ने, फोहाेर सङ्कलन, ढुवानी र विसर्जन गर्ने कार्यमा अवरोध पुर्याउनेलाई कारबाही गर्ने तथा फोहाेर व्यवस्थापनका लागि नगर उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौलाको संयोजकत्वमा गठन भएको समितिमा सबै राजनीतिक दलको प्रतिनिधित्व हुने गरी पुनर्गठन गरिने भएको छ ।
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_3J5a54rFV7_mdaeyhtd8d4uhsvrlf1fxnufv7nsfr4etsilb9n1oakkosksjdgafjnabhcz.jpg)
सभाखोलामा आएको बाढीले जनजीवन प्रभावित

तराई, पहाड र हिमालको अनुभव हुने ‘ग्रेटर मुन्दुम ट्रेल’

हुरीले घर भत्किँदा एक जनाको मृत्यु

चोरी भएका ल्यापटप एक वर्षपछि फेला परे
६४ वर्षमा पनि जाँगरिला ‘युक्ति’

चन्दा सङ्कलन गरेर विद्यालयलाई बस

१५ लाख भारुसहित एक जना पक्राउ

प्रतिक्रिया