टुचेल र कोन्टेबीचको विवादको कारण के हो ?

काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलमा प्रशिक्षकबीचको मनमुटाव नौलो होइन तर चेल्सी र टोटेनहमका मुख्य प्रशिक्षकबीचको टकराव विशेष बनेको छ ।
लिगअन्तर्गत आइतबार राति चेल्सी र टोटेनहमबीच भएको २-२ गोलको बराबरी खेलका क्रममा चेल्सीका मुख्य प्रशिक्षक थोमस टुचेल र टोटेनहमका मुख्य प्रशिक्षक एन्टोनियो कोन्टे आमने-सामने मात्र भएनन् दुवै जना झगडामै उत्रिएको बीबीसीले जनाएको छ ।
खेल समाप्त भएपछि हात मिलाउने समयमा भएको झगडाका कारण दुवैले रेफ्रीबाट रातो कार्ड खाए ।
विवादपछि चेल्सीका प्रशिक्षक टुचेलले गर्मीको मौसम, बेन्चमा रहेकाहरू तातिएका, मैदानको माहोल पनि तातो तथा दर्शकहरू पनि तातिएको प्रतिक्रिया दिँदै लिगको सुरुवातमा यस्तो खेलको सबैले अपेक्षा गरेको जनाए ।
खासमा खेल बराबरीमा टुंगिएपछि टुचेल कोन्टे भन्दा पनि रेफ्रीको निर्णयका कारण रेफ्री एन्थोनी टेलरमाथि आक्रोशित भएका थिए ।
के कारणले विवाद भयो ?
कालिडोउ कोलीबेलीले १९औँ मिनेटमा गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर ६८ औँ मिनेटमा टोटेनहमका पियरी-एमिल होज्बजर्गले गोल गर्दै खेललाई बराबरीमा ल्याएपछि टोटेनहमका प्रशिक्षक कोन्टेले मुक्का देखाउँदै रमाएपछि टुचेल आक्रोशित बनेका थिए ।
तर उक्त गोललाई लिएर चेल्सका पदाधिकारीहरू विरोध जनाएका थिए । जसका कारण टुचेल र कोन्टे आमने-सामने भएका थिए । चेल्सीका काइ हाभर्जले आफूलाई रोड्रिगो बेन्टाकरले फाउल गरेको गुनासो गरेका थिए । त्यसका साथै टोटेनहमका रिचार्लिसन अफ साइडमा रहेको देखिएको थियो ।
तर ७७औँ मिनेटमा रिसे जेम्सले चेल्सीका लागि गोल गरेपछि चेल्सीलाई न्याय भएको भान भएको थियो तर इन्जुरी समयमा हेरी केनले टोटेनहमका लागि बराबरी गोल गरेपछि टुचेल र कोन्टे पुनः आमने-सामने मात्र भएनन् झगडामै उत्रिए ।
टुचेलले टोटेनहमले गरेको दुबै गोलले मान्यता प्राप्त गर्न नहुने दावी गर्नुका साथै रेफ्रीले गलत निर्णय गरेको गुनासो गरे ।

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

प्रतिक्रिया