लागूऔषधसहित दम्पती पक्राउ

सुर्खेत- लागूऔषध ब्राउन सुगरसहित सुर्खेत वीरेन्द्रनगरबाट एक दम्पतीसहित चार पक्राउ परेका छन् ।
कर्णाली प्रदेश प्रहरी लागूऔषध ब्यूरो शाखा, जिल्ला प्रहरी र नगर प्रहरी सुर्खेतबाट खटिई गएको संयुक्त प्रहरीले टोलीले आइतबार वीरेन्द्रनगर नगपालिका–४ सुर्खेत समावेशी टोलबाट ३७ वर्षीय लल्लु भन्ने किरण गिरी र उनको श्रीमती २६ वर्षीया सरला शाहीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए ।
विशेष सूचनाको आधारमा त्यहाँ पुगेको प्रहरीले चेक गर्दा घरको कोठाका विभिन्न ठाउँमा लुकाइछिपाइ राखेको अवस्थामा लागूऔषध ब्राउन सुगरजस्तो देखिने ४७ ग्राम छ सय २० मिलिग्राम फेला पारी बरामद गरिएको उनले बताए । लागूऔषधसहित रु २६ हजार तीन सय बरामद गरी उक्त दम्पतीलाई नियन्त्रण लिएर थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक कार्कीले जनाए ।
त्यसैगरी, कर्णाली प्रदेश प्रहरी कार्यालय लागूऔषध ब्यूरो शाखा, जिल्ला प्रहरी र नगर प्रहरीको संयुक्त टोलीले आइतबार नै वीरेन्द्रनगर नगरपालिका–९ सुर्खेत घिमिरे डाँडास्थित मनिषा घिमिरे घर क्षेत्रबाट सात पुरिया लागूऔषधसहित वीरेन्द्रनगर नगरपालिका–६ सुर्खेत निवासी ३१ वर्षीय भीमबहादुर रोकाया र ९ निवासी २५ वर्षीया जीवनकली थापा घिमिरेलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । रासस

जुम्लामा विद्युत् सेवा बन्द हुँदा ४८० अन्धकारमा बस्न बाध्य

एनआरएनए अस्ट्रेलियाको सहयोगमा जाजरकोटमा विद्यालय भवन निर्माण

प्रधानाध्यापक शाही मृत भेटिए
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_21sC6d56h4_swap23d9um3t73jld8wqi1uukuwfid5lzsjoce33e5a4fkwost3lmyrk7o5q.jpg)
सशस्त्रको भोजमा गोली पड्किँदा सुरक्षा निकायको जवाफ- गोली र पटकाको आवाज पनि न…

कर्णालीमा पाँच हजारभन्दा बढी उद्योग खारेजी

बाढीले भेडीगोठका २६ बाख्रा पुरिए

जुम्लाको तातोपानीमा लिफ्ट सिँचाइ आयोजना निर्माण

प्रतिक्रिया