कोभिड खतरा बढ्यो भन्ने सरकारले नाकामा चेकजाँच गर्नै छोड्यो
काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यका भित्रिने मुख्य २ नाकामा कोभिड संक्रमणको जोखिम घटाउन चेक जाँचमा कडाइ गर्नुपर्ने बताए पनि त्यसो हुन सकेको छैन ।
आइतबार अपरान्ह काठमाडौं भित्रिने पश्चिमी नाका नागढुङ्गा र पूर्वी नाका साँगा भञ्ज्याङमा कुनै पनि सुरक्षा सावधानी र चेकजाँच भएको देखिएन । सवारी साधनमा रहेका यात्रु तथा कर्मचारी स्वयम्ले पनि सुरक्षाको उपाय÷सावधानी अपनाएको देखिएन । त्यहाँ रहेका सुरक्षाकर्मीले सवारी साधनको लगत लिने बाहेक अन्य कुनै सर्तकता अपनाएका छैनन् ।
यी दृश्यले काठमाडौं उपत्यकामा संक्रमणको जोखिमलाई बढाएको छ । मास्क लगाउने, दुरी कायम गर्ने कुनै पनि सुरक्षा सावधानीको उपायको न्युनतम रुपमा पनि प्रयोग भएको छैन । यात्रुहरु बिना मास्क कुनै भौतिक दुरी कायम नगरी जोखिमपूर्ण रुपमा उपत्यका प्रवेश गरिरहेका छन् । यता, काठमाडौं उपत्यकामा कोभिड संक्रमितको संख्या बढिरहेको छ ।

जनआन्दोलनका घाइतेको समस्या सम्बोधन गरिने
‘खोप सुनिश्चितता एक वर्षको होइन, यो निरन्तरता काम हो’

डाक्टरको आन्दोलनले देशभरका अस्पताल ठप्प, बिरामीहरू घर फर्कन बाध्य

गर्मीबाट छालालाई कसरी जोगाउने ? यी हुन् पाँच घरेलु उपाय

साझा यातायातका १५ जना कर्मचारीमा दृष्टिदोष समस्या

नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने

ललितपुर महानगरले गरिदियो एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य बीमा

प्रतिक्रिया