बँदेल नियन्त्रण नगरे कर नतिर्ने किसानको चेतावनी

सुर्खेत - सिम्ता गाउँपालिका–४ बजेडीचौरमा जङ्गली जनावर बँदेलले आतंक मच्चाएको छ । सयौँको सङ्ख्यामा गाउँ पस्ने बँदेलले खेतीबाली नष्ट गरेपछि स्थानीयले नियन्त्रणका लागि गाउँपालिका गुहारेका छन् ।
बँदेलले हिउँदे र वर्खेबाली सखाप पारेपछि संयुक्त ज्येष्ठ नागरिक मिलन केन्द्रको अगुवाइमा सोमबार गाउँ कार्यपालिकाको कार्यालयमा ज्ञापनपत्र बुझाउने तयारी छ । स्थानीयले गाउँपालिकाले तत्काल बँदेल नियन्त्रणमा ध्यान नदिए मालपोत कर (तिरो) नतिर्ने चेतावनी दिएका छन् ।
केन्द्रका अध्यक्ष गोरख चन्दले गाउँभरि बँदेलले आतंक मच्चाएको बताए । `दिन–रात ठूलो सङ्ख्यामा बँदेल खेतबारीमा पस्ने गर्दछन् । हिउँदे सिजनमा पनि यसैगरी बाली सखाप पारे`, उनले भने, `मानिसले धपाउनै नसक्ने सङ्ख्यामा बँदेलको हूल खेतबारी र बस्तीमा पस्ने गर्दछन् । बँदेलबाट धेरै क्षति भोगिसक्यौँ ।` मिहेनतले लगाएको खेतीबाली बँदेलले क्षति पु¥याएपछि स्थानीय बासिन्दा चिन्तित छन् ।
स्थानीयका अनुसार बँदेलले रोपेको धान फाँडेर नष्ट गरिदिएको छ । स्थानीय पृथ्वीबहादुर सिंहले बँदेलले अधिकांश कृषकको मकै, धान, तरकारीलगायत बाली नष्ट गरेको बताए । उनले भने, `यो एउटा दुईटा घरको समस्या होइन, सिङ्गो वडाको ठूलो समस्या हो, हिउँदमा पनि धेरै क्षति भोगियो, बर्खामा पनि केही राखेन, भोलि गाउँपालिकामा पुगेर दबाब दिन्छौँ । सुनुवाइ नभए कर तिर्दैनौँ ।` बँदेलकै कारण सिंगो गाउँले खाद्यान्न अभावको अवस्था भोग्नुपर्ने उनले बताए । रासस

भूमिहीन भएको चार दशकपछि जग्गाधनी

हुलाकी सडकले सुगम बन्यो नरैनापुर

रुरु क्षेत्रमा शालिग्राम महोत्सव

बसको ठक्करबाट एकको मृत्यु, एक गम्भीर घाइते
_wNt8QwbdyM_r9errxwu0qfivzkvdybqzpecg6ryzvwyeqscx8kkacce0fgbx5nxasaouvkf_7xDdk2NxEK_yb7tvj9nxr4hzbuwt3etnobno9xbew5ezoknkybata0t0afl1euuift1puwr.jpg)
बर्सिम घाँसको बीउबाट दुई लाख आम्दानी
_XoYsBJGQV0_6s1crtzhlwd2lkygzthkbxvdocbu2yktm4x1nmhg3rbtd6vzwmzaztnra1sv_wIEjpdjVao_xufvyqsjsd9cpvmqrpurwiegg0jeu5tcmrdfgjsb9vkrrmtvzcjucrja9vjz.jpg)
रामपुरमा बालीनालीमा छरेको विषादीले मौरी सखाप

हाइटेन्सन लाइनको पोलमा ठोक्किएर एकको मृत्यु

प्रतिक्रिया