तारकेश्वरमा सौर्य बत्ती जडान गरिने

काठमाडौँ - काठमाडौँको तारकेश्वर नगरपालिकाका सडकमा सौर्य बत्ती जडान गरिने भएको छ ।
नगरपालिकाले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको प्राविधिक सहयोगमा नगर उज्यालो कार्यक्रमअन्तर्गत मुख्य सडकमा तीन सय ४० सोलार बत्ती जडान गर्न लागेको हो । नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले रु दुई करोड ६० लाखमा नगरपालिकाभित्रको मुख्य सडकमा सौर्य बत्ती जडान गर्न लागेको जानकारी दिए । उनका अनुसार ५० मिटर दूरीमा सडक बत्ती जडान गरिनेछ ।
नगरप्रमुख महर्जनले जरङ्खुदेखि काभ्रेस्थलीसम्म, जरङ्खुदेखि चिसापानीसम्म, नेपालटारदेखि साङ्लासम्म, लोकतान्त्रिक चोकदेखि फुटुङसम्म र महादेवखोला करिडोरमा सौर्य बत्ती जडान गर्ने बताए । `मुख्य सडकबाहेक आवश्यक परेको ठाउँमा भित्रि सडकमा समेत बत्ती जडान गर्छौं`, उनले भने।
यस्तै, नगरपालिकाभित्रका बिजुली तारलाई भूमिगत गर्ने भएको छ । नगरपालिकाका प्रमुख महर्जनले नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कुलमान घिसिङलाई भेटेर नगरपालिकाभित्रको अव्यवस्थित बिजुलीका तार भूमिगत गर्नेबारे ध्यानाकर्षण गराएका छन् । रासस

बागमती प्रदेशमा लक्ष्यको ९४ दशमलव १२ प्रतिशत राजस्व सङ्कलन

६४ हजारले लिए कामपाको निःशुल्क कानुनी सेवा

१२२ करदाता कारबाहीमा

ट्र्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

विपी राजमार्गः साउनभर राति १२ घण्टा बन्द

आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन

प्रतिक्रिया