बंगलादेशविरुद्ध खेल्न ४० खेलाडी बोलाइयो, को-को परे टोलीमा ?

काठमाडौं– सेप्टेम्बर २७ मा बंगलादेशविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिमका लागि ४० खेलाडी बोलाइएको छ । खेलका कार्यवाहक मुख्य प्रशिक्षक प्रदीप हुमागाईले काठमाडौंमा हुने खेलका लागि खेलाडीलाई बोलाएका हुन् ।
बिहीबार बसेको एन्फाको कार्यकारी समितिको बैठकले मैत्रीपूर्ण खेलका लागि हुमागाईलाई कार्यवाहक मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो ।
गोलकिपरमा किरण चेम्जोङ, विकेश कुथु, दीप कार्की, विशाल श्रेष्ठलाई बोलाइएको छ ।
त्यस्तै डिफेन्डरमा अनन्त तामाङ, रोहित चन्द, विकास तामाङ, देवेन्द्र तामाङ, दिनेश राजवंशी, विकास खवास, गौतम श्रेष्ठ, चिरिङ गुरुङ, सुमन अर्याल, राजिन धिमाल, निशान खड्का, अमित तामाङ छानिएका छन् ।
संजोग राई, पुजन उपरकोटी, राजन गुरुङ, तेज तामाङ, अरिक विष्ट, सेसेहाङ आङ्देम्बे, सुदिप गुरुङ, विशाल राई, मनिष डाँगी, सुरज जेउ ठकुरी, सुवास गुरुङ, आभास लामिछाने, सुनिल बल, आयुष घलान, सुजल श्रेष्ठ, अनशन श्रेष्ठ मिडफिल्डरका लागि छनोट भएका छन् ।
फरवार्डमा भने विमल घर्ती मगर, नवयुग श्रेष्ठ, आशिष चौधरी, ऋतिक खड्का, जर्ज प्रिन्स कार्की, आशिष चापागाई, अभिषेक रिजाल, भरत खवास छनोट गरिएको छ।

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

प्रतिक्रिया