साताको सुरुवात नै ऋणात्मक रह्यो नेप्से

काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको पहिलो कारोबारमै गिरावट देखिएको छ । गत साताको पहिलो कारोबार पश्चात गिरावट देखिएको बजार यस साताको सुरुवातमै ऋणात्मक भएको हो।
साताको पहिलो कारोबारमा बजार परिसूचक २७.९२ अंक घटेको छ। बजार २७.९२ अंक घट्दा नेप्से इन्डेक्स २०१०.०१ मा झरेको छ । गत साताभरको कारोबार पश्चात बजार परिसूचक ७६ अंक घट्दा २०३७ मा रहेको थियो ।
आइतवार बजार परिसूचक १.३७ प्रतिशत तथा ‘क’ वर्गका कम्पनीहरूको परिसूचक सेन्सेटिभ इन्डेक्स ४.७३ अंक घटेर ३८६.९४ मा झरेको छ।
यस्तै साताको सुरुवातलाई कारोबार रकमले पनि साथ दिएन। गत साताको पहिलो कारोबारमा २ अर्ब ५० करोड माथिको सेयर खरिद बिक्री हुँदा आज १ अर्ब ८७ करोड ३२ लाख ८१ हजार ८ सय ९७ रूपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ। यस्तै ४५ लाख ५९ हजार २२ कित्ता सेयर ३८ हजार ४ सय १८ पटकमा खरिद बिक्री भएको छ।
उप समूहतर्फ आजको कारोबारमा १३ ओटै समूह राताम्मे देखिएका छन् । बजार घट्दा आज जम्मा १८ कम्पनीको सेयर मूल्य उकालो लागेको छ। भने १६२ कम्पनीको सेयर मूल्य ओरालो लागेको छ ।
२८ अंकले बजार घट्दा आज अपर हेवाखोला हाइड्रोपावर कम्पनी, कालिका पावर कम्पनी, सामलीङ पावर कम्पनी, सिटिजन म्युचुअल फण्ड, जाल्पा सामुदायिक लघुवित्त लगायतका सेयर मूल्य बढेको छ।

नेप्से परिसूचकमा सुधार

नेप्से ११ दशमलव शून्य छ अङ्कले घट्यो

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

आईपीओ जारी गर्दै पैचो पसल , एनआईसी क्यापिटलसँग सम्झौता

सन नेपालले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

सामान्य अंकले घटयो सेयर, कारोबार भने बढयो

पियोर इनर्जीको भोलिदेखि आइपीओ खुल्ने

प्रतिक्रिया