एएफसी क्लब च्याम्पियनसीपः गोकुलमका लागि सावित्रा मुख्य खेलाडी

काठमाडौँ- नेपाली राष्ट्रिय महिला फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारी सम्मिलित भारतीय फुटबल क्लब गोकुलक केरला एफसीले एएफसी महिला क्लब च्याम्पियनसीपका लागि तयारी तिब्र पारेको छ ।
च्याम्पियनसीपअन्तर्गत वेस्ट रिजनतर्फको खेलहरु उजबेकिस्तानको मारकाजिया स्टेडियममा अगस्ट २० तारिखबाट सुरु हुनेछ । वेस्ट रिजनतर्फ इरानको बाम खातुन एफसी, उजबेकिस्तानको सोगडियाना तथा भारतको गोकुलम केरलाको सहभागिता रहेको छ ।
अर्कोतर्फ इस्ट रिजनतर्फ ताइपेईको ताइचुङ ब्लु ह्वेल एफसी, थाइल्यान्डको कलेज अफ एसियन स्कलर्स तथा म्यानमारको इस्पे डब्लुएफसीको सहभागिता रहेको छ । दुबैतर्फको विजेता अक्टुबर २१ मा हुने फाइनलमा भिड्नेछन् ।
खासमा एएफसी महिला क्लब च्याम्पियनसीप भनेको सन् २०२४ मा आयोजना हुने एएफसी महिला च्याम्पियन्स लिगका लागि ‘पाइलट टुर्नामेन्ट’ को रुपमा रहेको एएफसीले जनाएको छ ।
वेस्टर्नतर्फ गोकुलम केरलाले पहिलो खेल उजबेकिस्तानको सोगडियानाविरुद्ध अगस्ट २३ तथा दोस्रो तथा अन्तिम खेल अगस्ट २६ मा इरानको बाम खातुन एफसीविरुद्ध खेल्नेछ ।
एएफसीले क्लबहरुको विश्लेषण गर्दा नेपाली स्ट्राइकर सावित्रालाई गोकुलम केरलाको मुख्य खेलाडीको रुपमा हेरेको छ ।
अर्कोतर्फ, नेपाली राष्ट्रिय टिमका लागि सर्वाधिक ३८ गोल गरेकी सावित्राका लागि क्लब च्याम्पियनसीप नेपालमै हुने साफ महिला च्याम्पियनसीपको तयारीको रुपमा समेत रहेको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले सेप्टेम्बर ६ देखि १९ तारिखसम्म दशरथ रंगशालामा साफ च्याम्पियनसीप आयोजना गर्दैछ । च्याम्पियनसीपमा नेपालसँगै भुटान, श्रीलंका, भारत, बंगलादेश, माल्दिभ्स तथा पाकिस्तानको सहभागिता रहनेछ ।
नेपाल एपीएफ क्लबकी स्ट्राइकर सावित्राले कतारमा लामो समयको घुँडाको उपचारपछि घरेलु प्रतियोगितासँगै भारतीय क्लबका लागि खेलिरहेकी हुन् ।

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

प्रतिक्रिया