दाहालले बोलाए सचिवालय बैठक

काठमाडौं : सत्तारुढ दल नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले सचिवालयको बैठक बोलाएका छन् । अध्यक्ष दाहालले पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा अपरान्ह ४ बजे सचिवालय बैठक बोलाएका हुन् ।
‘अध्यक्षज्यूले अपरान्ह ४ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सचिवालय बैठक बोलाउनु भएको छ । बैठकबारे प्रधानमन्त्रीसमेत रहनु भएका अर्का अध्यक्ष केपी शर्मा ओलीसहितका सबै सदस्यलाई जानकारी गराइएको छ,’ स्रोतले भन्यो ।
नेकपामा पछिल्लो समय अध्यक्ष समेत रहेका प्रधानमन्त्रीले कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुध्द अविश्वासको प्रस्ताव ल्याउन लगाएको, सहमति बिना मन्त्रिपरिषद् पुनर्गठन गरेको, राजदूत नियक्तिका लागि सिफारिस गरेको र भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुखसँग भेट गरेको विषयलाई लिएर नेताहरूले असन्तुष्टि जनाउँदै आएका छन् ।
स्थायी समिति बैठक र सचिवालय बैठकमा भएको सहमति विपरित ओलीले यी काम गरेपछि अर्का अध्यक्ष दाहाल वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ असन्तुष्ट छन् । यी विषयमा छलफलका लागि बैठक बोलाउन आग्रह गर्दा ओलीले नबोलाएपछि दाहालले पार्टी कार्यालय धुम्बाराहीमा शुक्रबार सचिवालयको अनौपचारिक बैठक गरेका थिए ।
बैठकले ओलीलाई बैठक बोलाउन लिखित आग्रह गर्ने निर्णय गरेको थियो । त्यही निर्णय बमोजिम ५ नेताले २२ गते शनिबार ओलीलाई भटेर दुई पन्ने लिखित पत्र बुझाएका थिए । । तर, ओलीले भने विधान बमोजिम बैठक बोलाउने सन्देश महासचिव विष्णुप्रसाद पौडेलमार्फत सोमबार दाहाललाई पठाएका थिए ।
मंगलबार बिहान दाहाललाई भेट्न ओली पक्षीय स्थायी समिति सदस्य एवम् लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल खुमलटार पुगेका थिए ।
पोखरेलले प्रधानमन्त्री ओलीसँग सहमति गरेर बैठक बोलाउने बातावरण बनाउन दाहालसँग आग्रह गरेका थिए । तर, दाहालले नेकपाभित्र देखिएको समस्याबारे सचिवालय समितिमै छलफल गर्नुपर्ने बताउँदै आएका छन् । ओलीले भने पहिले दुई अध्यक्षबीच सहमति जुटाएर एजेण्डा तय नगरी बैठक आवश्यक नरहेको धारणा राख्दै आएका छन् ।
ओलीले समस्या समाधानका लागि महासचिव पौडेल, पोखरेल, गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङसँग दैनिकजसो छलफल गरिरहेका छन् । उनीहरूलाई वरिष्ठ नेता नेपाल, उपाध्यक्ष गौतमलगायतलाई भेटेर फकाउन पनि भनिरहेका छन् ।

प्रधानमन्त्री मधेश प्रदेशमा, ६४ सडकको एकैसाथ शिलान्यास

राजनीतिक संयन्त्र र पदाधिकारी बैठकको निर्णय प्रजातान्त्रिक विधिले चिन्दैनः नैनस…

खास लडाई भोलीवाट सुरु हुन्छ, हामी अब ५० ठाउँवाट निस्कन्छौंः राजेन्द्र लिङदेन

कमल थापासहित ६ जना राजावादी पक्राउ, राखियाे भद्रकालीमा

कमल थापा पक्राउ

रूसी कम्युनिष्ट पार्टीका महासचिवलाई नेपाल भ्रमणको निम्तो

प्रचण्ड गणतन्त्रको संस्थापक हुन्, गणतन्त्र ढल्न खोज्दा परेको पीरले बोलेको कुरालाई …

प्रतिक्रिया