मन्त्री शाहीद्वारा शपथ ग्रहण

सुर्खेत - कर्णाली सरकारका नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री वीरबहादुर शाहीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शाही डोल्पा प्रदेश निर्वाचन क्षेत्र (ख) बाट निर्वाचित सांसद हुन् ।
शाहीलाई गत बिहीबार मन्त्री नियुक्त गरिएको थियो । मुख्यमन्त्री जीवनबहादुर शाहीको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले आज उनलाई शपथ गराउका हुन् ।
यसअघि २०७८ माघ २३ गते उद्योग मन्त्री बनेका हुम्लाका गैरसांसद छिरिङ डम्डुल लामा (कार्चेन) को पदावधि सकिएपछि लामाको ठाउँमा शाहीलाई नियुक्त गरिएको हो ।
बिहिवार मुख्यमन्त्री जीवनबहादुर शाहीले नियुक्त गरेपछि उनलाई भोलिपल्ट शुक्रकबार नै शपथ खुवाउने तालिका बनाइएको थियो । तर उच्च अदालत सुर्खेतले मन्त्रिपरिषद् पुनर्गठन गर्दा संविधानको मर्मअनुसार समावेशिता कायम नभएको भन्दै प्रदेश प्रमुख र मुख्यमन्त्री कार्यालयलाई ध्यानाकर्षण गराएपछि उक्त शपथ तालिका रोकिएको थियो । तर, आज अदालतको ध्यानाकर्षणको बेवास्ता गर्दै मन्त्रीलाई शपथग्रहण गराइएके थियो ।
अघिल्लो पटक माघमा पूर्णता पाएको मुख्यमन्त्री शाही नेतृत्वको सरकार समावेशी सिद्धान्तविपरीत भएको भन्दै उच्च अदालत सुर्खेतमा रिट दायर भएको थियो ।

गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालक घाइते

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु
मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

जुम्लाको राक्से पाटनमा १३ भेडा पुरिए

माटोको ढिस्को खस्दा एकको मृत्यु, पाँच घाइते

जुम्लामा ट्रयाक्टर दुर्घटना : एक जनाको मृत्यु, चार घाइते

हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट

प्रतिक्रिया