ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

सर्लाही - सर्लाहीको लालबन्दी नगरपालिका–५ रंजितपुरमा हिजो साँझ ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रयाक्टरमा सवार स्थानीय ३६ वर्षीय लल्लु माझी मुसर रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका मुसरको उपचारका क्रममा मलंगवा स्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । बालुवा लोड भएको ना ५ त ९९७१ नम्बरको ट्रयाक्टर हिजो साँझ ६ बजे अनियन्त्रित भइ पल्टिएको थियो ।
दुर्घटना पश्चात फरार रहेका ट्रयाक्टर चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय लालबन्दी सर्लाहीले जनाएको छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया