शुक्रबार ०२ जेठ, २०८२
Friday, May 16, 2025

पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु

फाइल तस्बिर

दाङ- दाङमा अर्जुन खोला र मसोट खोलाको दोभानमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको ज्यान गएको छ । 

ज्यान गुमाउनेमा घोराही उपमहानगरपालिका–२ रामपुर बुकाका २६ वर्षीय निराजन पोखरेल रहेका छन् । शनिबार साथीसँग नुहाउन दोभानमा पुगेका पोखरेलको पानीमा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ ।

दिउँसो नुहाउने क्रममा मानिस डुबेको सूचना पाए लगत्तै अर्जुन खोलाका डीएसपी नवीन बुढाथोकी नेतृत्वको १९ जनाको टोली खटिएको थियो । खोज तलास गर्ने क्रममा पोखरेलको शव खोँचमा अड्किएको अवस्थामा फेला परेको प्रहरीको भनाइ छ ।