गोसाइकुण्ड तिर्थयात्रामा लेक लागेर बेहोस भएका तीन जनाको सशस्त्रद्वारा उद्धार

काठमाडौँ- रसुवाको गोसाईकुण्ड गाँउपालिका-५ स्थित गोसाइकुण्ड तिर्थयात्रा गरी घर फर्कने क्रममा लेक लागि बेहोस भएका तीन जनाको २७ साउनमा सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।
बेहोस हुनेहरूमा नुवाकोट जिल्लाको ककनी गाँउपालिका- ८ बस्ने ४५ वर्षीय नारायण भण्डारी र सोही जिल्लाको बिदुर नगरपालिका- ११ बस्ने २० बर्षीय साधना प्याकुरेल र धादिङ्ग जिल्लाको निलकण्ठ नगरपालिका-३ बस्ने १० वर्षीय निर्जिव दुवाडी छन् ।
सोबारे जानकारी प्राप्त भएपश्चात सशस्त्र प्रहरी बल नेपाल नम्बर २० गुल्म रसुवाबाट गएको सशस्त्र प्रहरीले उनीहरूलाई पिठ्यूमा बोकी धुन्चे अस्पताल ल्याएकाे हाे ।

बागमती प्रदेशमा लक्ष्यको ९४ दशमलव १२ प्रतिशत राजस्व सङ्कलन

६४ हजारले लिए कामपाको निःशुल्क कानुनी सेवा

१२२ करदाता कारबाहीमा

ट्र्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

विपी राजमार्गः साउनभर राति १२ घण्टा बन्द

आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन

प्रतिक्रिया