नेपालमा एक वर्षमा विदेशबाट भित्रन्छ ३ अर्ब ६९ करोड बढीका सुर्ती र सुर्तीजन्य पदार्थ

काठमाडौँ- नेपालमा एक वर्षमा साढे तीन अर्ब रुपैयाँभन्दा बढीको सुर्ती र सुर्तीजन्य पदार्थ विभिन्न देशबाट भित्रने गरेको पाइएको छ ।
भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा मात्र विभिन्न देशबाट नेपालमा ३ अर्ब ६९ करोड २७ लाख ८९ हजार रुपैयाँको सुर्ती र सुर्तीजन्य पदार्थ भित्रिएको छ ।
गत वर्ष सुर्ती मात्र २ अर्ब ९८ करोड ४१ लाख ६५ हजार रुपैयाँको नेपाल भित्रिएको विभागले जनाएको छ ।
सोही अवधिमा ३ करोड ८८ लाख ३८ हजार रुपैयाँको विभिन्न विदेशी चुरोट भित्रिएको छ ।
पछिल्लो समय नेपालमा हुक्काको पारखीहरु पनि बढ्दै गएको विभागको तथ्याङ्कले देखाउँछ । गत वर्ष ८ करोड ७८ लाख १४ हजार रुपैयाँको ‘हुक्का फ्लेवर’ भित्रिएको विभागले जनाएको छ ।
विभागका अनुसार भारत, चीन, हङकङ, ताइवान, कम्बोडिया, जर्मनी, इन्डोनेसिया, जापान, दक्षिण कोरिया, फिलिपिन्स, सर्विया, युनाइटेड अरब इमिरेट्स, जोर्डन, अमेरिका, मलेसिया लगायतका देशबाट नेपालमा चुरोट, सुर्ती र सुर्तीजन्य पदार्थ आउने गरेको छ ।
अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा नेपालमा ३ अर्ब १८ करोड ७० लाख ६६ हजार रुपैयाँको चुरोट, सुर्ती र सुर्तीजन्य पदार्थ विभिन्न देशबाट भित्रिएको थियो ।

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा ८ अर्ब ५२ करोड राजस्व सङ्कलन
_QZrNGSgWPe_48ubebwgi7xazprqxylgl5vq2ihohqgcqq8eac7cdiqok2hbwys03um1z07k_o5xvjXNaGe_6livrhk15p5munm8ozfuljnc5y3w6dnvxrnucn8hyys81ipuetminxvr4yb6_CAHy7vqaXG_l5hnr5hfnaxjqvuw7lxfowbi1cjbngskmgvk8avywxadzk9oozfxekfh7uoh.jpg)
देशको पहिलो ‘फ्लाई ओभर’ निर्माण सकियो, प्रधानमन्त्री ओलीले आज उद्घाटन गर्दै

कतिमा कारोबार हुँदैछ विदेशी मुद्रा ?

याङ्गोले ल्यायो दैनिक चार हजारसम्म कमाउने अफर

सुनचाँदीको मूल्य सामान्य घट्यो, आज कतिमा कारोबार हुँदैछ?

‘एमआरपी’ कार्यान्वयनको अन्योलताबारे चेम्बरद्वारा ध्यानाकर्षण

रसुवा भन्सार नाकाबाट २८ अर्ब राजस्व सङ्कलन

प्रतिक्रिया