धार्मिक तीर्थस्थल गोसाईस्थानमा जनै पूर्णिमको मेला [फाेटाेफिचर]

काठमाडौँ- बनेपा नगरपालिका काभ्रे वडा नम्बर ६ मा रहेको धार्मिक तीर्थस्थल गोसाईस्थानमा जनै पूर्णिमको मेला लागेकाे छ । यहाँ हरेक वर्ष जनै पूर्णिमाको दिन भक्तजनहरूको भिड लाग्ने गर्छ । साेही क्रममा श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने रक्षाबन्धन एवं जनैपूर्णिमा पर्व आज स्नान गरी नयाँ यज्ञोपवीत–जनै धारणसहित डोरो बाँधेर मनाइएको छ । श्रावण महिनामा गरिने स्नान भएकाले यो पर्वलाई ‘श्रावणी’ स्नान पनि भनिन्छ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा यो पर्व मनाउन सुरु गरिएको हो ।

गोरखा भूकम्पको केन्द्र बारपाकमा फोटो प्रदर्शनी

फास्ट ट्रयाकको टनेल मार्ग यसरी बन्दैछ ( फोटोफिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार (फोटो फिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार

नारायणहिटी संग्रहालय खाली गर भन्दै राजावादीले गरे प्रदर्शन( फोटो फिचर )

आहा ! सैलुङ डाँडाबाट देखिएका हिमश्रृंखलाहरू ( फोटो फिचर)

छहरेधन्सारको लोपोन्मुख पानीघट्ट, बाध्यताले नभइँ रहरले पुग्छन् स्थानीय

प्रतिक्रिया