तस्बिरमा हेर्नुस् भक्तपुरकाे गाईजात्रा

काठमाडौँ- काठमाडौँ उपत्यकालगायत नेपालभाषीको बसोबास रहेको ठाउँमा गाईजात्रा पर्व धुमधामका साथ मनाइएको छ ।
यस दिन वर्षभरिमा दिवङ्गतको सम्मान तथा सम्झनामा गाईको प्रतीक बनाई त्यसलाई नगर परिक्रमा गराइन्छ । गाईको प्रदर्शनले मृतकको आत्मालाई गाईको मद्दतबाट यमलोकमा प्रवेश हुने जनविश्वास रहँदै आएको छ । धार्मिक र सांस्कृतिक महत्वको गाईजात्रा भक्तपुरमा मुलुकका अन्य भागमा मनाउने भन्दा भिन्न र मौलिक शैलीमा मनाइन्छ ।
भक्तपुरमा गाईजात्राको प्रमुख आकर्षण घिन्ताङकिसी र माक प्याख नाच भएकाले गाईजात्रा हेर्न भीड लाग्ने गरेको छ ।
हिन्दू धर्मग्रन्थ पद्म पुराणमा उल्लेख भएअनुसार यमलोकको मुख्य ढोका वर्षभरि बन्द रहने र मर्त्यलोक अर्थात् पृथ्वी लोकमा गाईजात्रा निकालेपछि यमलोकको ढोका खुल्ने तथा मृत आत्माले यमलोक प्रवेश पाई मुक्ति पाउने कथन रहेको छ । पुत्र शोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन राजा प्रताप मल्लले 'जनतालाई आ-आफ्नो मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउनु' भनी आज्ञा दिएपछि गाईजात्रा सुरु भएको मान्यता छ ।
घर-घरबाट गाईजात्रा निकाले पछि पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रमसमेत गराउने आदेश दिए अनुरुप सो प्रचलन चलेको हो भन्ने जनविश्वास छ ।

सिटी सेन्टरमा हरेक शु्क्रबार लाग्ने अर्गानिक मेला यस्तो देख्यो ( फोटो फिचर)
_KXqHza3Zvx_t9lxc8p2c2soepbskrtx1gvhcukpyv90ce3uqlflc7pfkdjupwmmmsuz0wsf_uzuxlILNyh_wnybcketpi7g7xopuerjxzrobjovsv5oojquvxl4jawbsy1smlkh6gluk2qj.jpg)
सुनचाँदी व्यवसायीको आन्दोलन (फोटो फिचर)

कंक्रिटै कंक्रिटको सहर काठमाडौँ (फोटो फिचर)

शिवपुरी निकुञ्ज भित्रको बिष्णुद्वार झरना आहा! ( तस्विरहरू )
_vKePIDCgLl_uaxs5znqtpvskumc5heezisxoov5haajcvkbcaphpciz2ceo0nelqkkr4nwt_8Mkk6D8CW4_oe9jyfxhm5qbe4ohqae2tudlkwpqo75ejdso9fxiqpowadcbwz0ndnx2n237.jpeg)
भीडभाड छ एयरपोर्ट (फोटो फिचर)

काठमाडौँ महानगरको सीप मेलामा यस्तो देख्यो (फोटो फिचर)

तस्बिरमा बकर ईद

प्रतिक्रिया