कांग्रेस पदाधिकारी बैठक दिउँसो २ बजे बस्दै

काठमाडौँ : सत्ता समीकरण र भोलि बस्ने केन्द्रीय समितिका विषयमा छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । दिउँसो दुई बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा समसामयिक राजनीतिका विषयमा छलफल हुनेछ ।
पार्टीको आगामी महाधिवेशनसँगै कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउने विषयमा छलफल सुरु भएकाले यसबारेमा थप छलफल गर्न सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका हुन् । भदौ ७ देखि कांग्रेसको १४ औँ महाधिवेशन गर्ने मिति तोकिएको छ ।
पार्टीको महाधिवेशन र आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउन माओवादी केन्द्र र जनता समाजवादी पार्टीले प्रस्ताव गरेकाले कांग्रेसले आन्तरिक छलफल तीव्र पारेको छ । सोही अनुसार आइतबार पदाधिकारी र सोमबार केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो ।
नयाँ सरकार बनाउन कांग्रेसले नेतृत्व लिनुपर्ने विषयमा शुक्रबार देउवा निवास बुढानिलकण्ठमा कांग्रेस, माओवादी र जसपाका शीर्ष नेताबीच छलफल भएको थियो ।

‘सरकारले यथाशीघ्र प्राङ्गारिक र जैविक मलको व्यवस्था गर्नेछ’

सांसदहरूद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

द्वन्द्वकालिन बलात्कारको मुद्दामा माफी हुन्नः प्रधानमन्त्री

उडिसामा नेपाली बिधार्थी प्रकरणः राष्ट्रियसभा अध्यक्षले गराए सरकारको ध्यानाकर्षण

एमाले सचिवालय बैठक बस्दैँ

अर्थसहित ४ समितिको बैठक बस्दैँ

आर्थिक सुधारको प्रयास निरन्तर जारी छ : अर्थमन्त्री पौडेल

प्रतिक्रिया