साउदीबाट ९३ नेपालीलाई 'एक्जिट भिसा', ६० दिनभित्र देश छाड्नुपर्ने

साउदीअरब- खाडी मुलुक साउदीअरब मा अवैधानिक रुपमा बसेका ९३ जना नेपालीले बहिर्गमन (एक्जिट) भिसा पाएका छन् ।
रियादस्थित नेपाली दूतावासका अनुसार ५ देखि ११ अगष्टसम्मको अवधिमा रियाद र दमामबाट एक्जिट भिसाका लागि प्रक्रिया थालिएकामध्ये ९३ जना नेपालीले सो भिसा प्राप्त गरेका हुन् ।
साउदी अरेबियाका विभिन्न कम्पनी तथा प्रतिष्ठानहरूमा कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र नबनाएका, नवीकरण नगरिएका वा हुरूब लगाइएका नेपालीहरूलाई स्वदेश फर्काउन आवश्यक भिसाका लागि दूतावासले साउदी अरब सब्न्धित निकायमा अनुरोध गरेको थियो । जसअनुसार साउदी सरकारले ९३ जना नेपालीलाई सो भिषा उपलब्ध गराएर नेपाल फर्कने वातावरण तय गरिदिएको हो ।
एक्जिट भिसा लागेका नेपालीहरूले दूतावासबाट भिसा लिएर जान र ६० दिनभित्र अनिवार्य रूपमा साउदी अरब छोड्नसमेत रियादस्थित नेपाली दूतावासले निर्देशन दिएको छ ।

अष्ट्रेलियाको आर्बन नेपाली समुदाय र आर्वन प्रहरी एरिया कमान्डबीच सुरक्षा सहकार्य…

एनआरएन क्यानडा अध्यक्ष पदमा उम्मेदवारी दिएका किरोज, कस्तो थियो उपाध्यक्ष हुँदाक…

चीनको कुन्मिङमा नवौँ चीन–दक्षिण एसिया प्रदर्शनी सुरु

राहदानी बनाउन स्पेनको बेनिड्रोमबाट २५२ को आवेदन

‘भूतपूर्व गोर्खाका मागबारे बेलायत सकारात्मक’

नर्थ क्यारोलाइनामा नेपालको शिक्षाका विषयमा अन्तरक्रिया

दुबईको सम्पदामा ‘लुम्बिनी ड्रिम गार्डेन गेष्टहाउस एण्ड रेष्टुरेन्ट’ खुल्यो

प्रतिक्रिया