चियासँग सम्बन्धित समस्याको दीर्घकालीन समाधान गर्न सरकारलाई आग्रह

काठमाडौँ - चिया व्यवसायीले चियासँग सम्बन्धित समस्याको दीर्घकालीन समाधान गर्न सरकारलाई आग्रह गरेका छन् । व्यवसायीले यहाँ आज पत्रकार सम्मेलन गरी इलाममा उत्पादन भएको चिया भारत निर्यातमा ९५ प्रतिशत छुट हुँदै आएकामा भारतले नेपाली चियालाई करको दायरामा ल्याउन खोजेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।
व्यवसायीले नेपाली चियाको निर्यातलाई प्रभावित पार्ने नीतिलाई तत्काल रोक्न पहलका लागि सरकारसमक्ष मागसमेत गरेका छन् । चिया भारत निर्यात नभएमा एकसय ५० भन्दा बढी उद्योग बन्द हुने व्यवसायीको चिन्ता छ । उनीहरुले राष्ट्रको ठूलो लगानी धरासयी हुने, चियाखेतीमा आश्रित २६ हजार कृषक आयविहीन हुने, ८० हजार चिया मजदुर बेरोजगार हुने स्थितिको सिर्जना हुने बताएका छन् ।
इलाम जिल्ला नेपालको अर्थोडक्स चियाको उत्पादन गर्ने मुख्य जिल्लाका रुपमा रहेको छ । कूल अर्थोडक्स चिया उत्पादनको ९० प्रतिशत उत्पादन हुने इलाममा १३ हजार हेक्टर चिया क्षेत्रको विकास भएको छ ।
चियाखेतीमा २६ हजार कृषकको संलग्नता रहेको र ८० हजारभन्दा बढीले ग्रामीण रोजगारी पाएको सूर्योदय टि प्रोडक्सन एसोसिएसनका अध्यक्ष उत्तमकुमार श्रेष्ठले जानकारी दिए । उनले नेपाल सरकारको उच्च राजनीतिक संवादमार्फत कूटनीतिक पहल गरी समस्याको समाधान गर्नका लागि नेपाल सरकारसमक्ष आग्रह गरे ।

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा ८ अर्ब ५२ करोड राजस्व सङ्कलन
_QZrNGSgWPe_48ubebwgi7xazprqxylgl5vq2ihohqgcqq8eac7cdiqok2hbwys03um1z07k_o5xvjXNaGe_6livrhk15p5munm8ozfuljnc5y3w6dnvxrnucn8hyys81ipuetminxvr4yb6_XWCp6N0dvk_jv494b734gbcjvemhndonwm0xgpgmzvkxjapfkasoxefs5nynm2qvvhmu1pj.jpg)
देशको पहिलो ‘फ्लाई ओभर’ निर्माण सकियो, प्रधानमन्त्री ओलीले आज उद्घाटन गर्दै

कतिमा कारोबार हुँदैछ विदेशी मुद्रा ?

याङ्गोले ल्यायो दैनिक चार हजारसम्म कमाउने अफर

सुनचाँदीको मूल्य सामान्य घट्यो, आज कतिमा कारोबार हुँदैछ?

‘एमआरपी’ कार्यान्वयनको अन्योलताबारे चेम्बरद्वारा ध्यानाकर्षण

रसुवा भन्सार नाकाबाट २८ अर्ब राजस्व सङ्कलन

प्रतिक्रिया