म्यानमार प्रदर्शनमा मृत्यु हुनेको संख्या सात सय नाघ्यो
एकैदिन थप ८२ जनाको हत्या

काठमाडौँ : म्यानमारमा सत्ता हातमा लिएको सैनिकले एकैदिन थप ८२ जनाको हत्या गरेको छ । शनिबार राती सेनाले ८२ जनाको हत्या गरेको म्यानमारमा रहेका मानवअधिकारकर्मीले बताएका छन् ।
रंगुनबाट नजिकै बगोमा एकैदिन ८२ जनाको सेनाले हत्या गरेको म्यानमारमा काम गर्ने नेपाली पत्रकार दीपक भट्टराईले ट्वीटमा उल्लेख गरेका छन् । काठमाडौँमा रहेका उनी म्यानमारमा रहेका विभिन्न मानव अधिकारवादी संघ संस्था र पत्रकारसँग समन्वय गरेर म्यानमारबारे नयाँ अपडेट दिने गरेका छन् ।
यससँगै अहिलेसम्म प्रजातान्त्रिक आन्दोलनका लागि ज्यान गुमाउनेको संख्या सात सय १ पुगेको छ । अहिले पनि तीन हजार १२ जना सैनिक हिराशतमा छन् । सेनाले ६ सय ५६ जनालाई पक्राउ गर्न पूर्जी जारी गरेको छ ।
सेनाले मोबाइल लिएर हिड्नेलाई कडा खानतलासी गर्न थालेपछि म्यानमारबासी हैरान भएका छन् । दुई महिनायता सेनाले सत्ता हातमा लिएपछि म्यानमारमा प्रदर्शन चर्किएको छ । तर सेनाले आन्दोलन दबाउन गोली चलाउँदै सर्वसाधारणको हत्या गरिरहेको छ ।

असदको पतनपछि २० लाख सिरियाली स्वदेश फर्किए : राष्ट्रसङ्घ

इरानले ‘ठूलो मूल्य चुकाउनु पर्ने’ नेतन्याहूको चेतावनी

पाकिस्तानी प्रधानमन्त्रीको नीजि जीवनः चार पत्नीमा लेखिकादेखि मोडेलसम्म
किभमा रुसी हमलामा १४ जनाको मृत्यु, दर्जनौँ घाइते
फ्रान्सका पूर्वप्रधानमन्त्री फिलनलाई पत्नीको नक्कली जागिर प्रकरणमा जेल सजाय
भारतद्वारा आफ्ना नागरिकहरूलाई तेहरान छोड्न चेतावनी जारी

प्रतिक्रिया