कोशी सन्धिकर्ता कोइरालाको ‘कोशीको कथा’

काठमाडौं : पब्लिकेसन्स नेपालयले आफ्नो क्लासिक्स् शृंखला अन्तर्गत् २०२० मा मातृकाप्रसाद कोइरालाको निबन्ध संग्रह ‘कोशीको कथा’ लाई नयाँ कलेबरमा प्रकाशित गरेको छ । प्रतिभा पुरस्कार प्रतिष्ठान, विराटनगरले बिसं २०४६ मा प्रथम पटक प्रकाशित गरेको यो पुस्तक लामो समयदेखि बजारमा उपलब्ध थिएन ।
लेखक मातृकाप्रसादका छोरा लेखक कमल कोइरालाले पुस्तक पुनः पाठकमाझ आउन लागेकोमा खुशी व्यक्त गरेका छन् । ‘यो किताब केहि समयदेखि बजारमा उपलब्ध थिएन । केही दशकपछि पुस्तकले पाठकसामु आउने बाटो भेटेकोमा मलाई एकदम खुशी लागेको छ,’ उनले भनेका छन् । यो पुस्तकले कोइराला परिवारको व्यक्तिगत निर्वासनका बारेमा खुलासा गर्छ । त्योभन्दा पनि महत्वपूर्ण यसले कोशी नदीको मानवशास्त्रीय पक्षलाई कोट्याउँदै नदी आसपासका बासिन्दाहरूको कथा भनेको छ ।
यस संग्रहका नौवटा निबन्धहरू कोशीको किनार आसपास घुम्छन् र यदाकदा भारतसम्म पुग्छन् जहाँ परिवारसहित राजनैतिक निर्वासनका बखत लेखकको बाल्यकालको महत्वपूर्ण समय गुज्रेको थियो । सात सालका क्रान्तिताका नेपाली कांग्रेसका ‘सुप्रीम कमाण्डर ’ तथा क्रान्तिपछिको गैर राणा सरकारको पहिलो प्रधानमन्त्री मातृकप्रसाद कोइराला सोभन्दा अगाडिदेखि नै साहित्यकारका रूपमा परिचित थिए ।
प्रस्तुत पुस्तक कोशी वा पौराणिक कौशिकी नदी वरिपरिका विषयवस्तु र जातिउपर लेखिएका निबन्ध तथा प्रबन्धहरूको सँगालो हो । कतै अन्वेषणात्मक त कतै निजात्मक शैलीमा लेखिएका यी कथ्यहरूले पुराण, विज्ञान, सामाजिक न्याय, राजनीतिदेखि लिएर, बिसं २०११ सालको कोशी सन्धि प्रकरणसम्मको विषयलाई समेटेका छन् ।
कोशी सन्धि कोइरालाको राजनैतिक जीवनको सबैभन्दा विवादस्पद पाटो रह्यो । प्रवासमा होस् या स्वदेशमा, सधैं कोशी सन्निकट रहेका कोइरालाले यसको महत्ता र विभिषिका दुवै देखे । मातृकाप्रसाद कोइरालाद्वारा लिखित ‘कोशीको कथा’, समाजशास्त्रीय तथा राजनैतिक हिसाबले पठनीय छँदै छ , भाषा र वाङ्मयका दृष्टिकोणले पनि ओजपूर्ण छ ।
नेपालयले क्लासिक्स सिरिजअन्तर्गत् ब्रह्म शमशेरको ‘नेपालको महाभूकम्प’, लेखनाथ पौड्यालको ‘कवि शिरोमणि रचनावली’ र मंजुलको ‘सम्झनाका पाइलाहरू’ प्रकाशित गरिसकेको छ ।

मोहनलालको ‘थुडारम’ बन्यो मलयालम चलचित्रमा धेरै कमाउने तेस्रो फिल्म

‘अप्रेसन सिन्दुर’को नाममा फिल्म बनाउन बलिउडमा प्रतिस्पर्धा, ५० बढी आवेदन

‘ऊनको स्वीटर’को भव्य प्रिमियर सम्पन्न, निर्देशक भन्छन्, 'आत्मिक प्रतिक्रियालाई शब्दम…

रेड २ बन्यो यो वर्ष सबैभन्दा धेरै कमाउने चौथों बलिउड फिल्म

‘नेपाली चलचित्र स्तरिय बन्न थालेका छन्’

गायक अरजित सिंहले आफ्नाे होटल खुवाउँछन ३० रूपैयामा नै खाना

श्रद्दा कपुर बनिन बलिउडकै सबैभन्दा महंगो महिला कलाकार

प्रतिक्रिया