पासाङल्हामु मार्ग क्षति भएपछि वैकल्पिक मार्गको व्यवस्था

रसुवा- पहिरोका कारण रसुवा खण्डको पासाङल्हामु मार्ग क्षति भएपछि वैकल्पिक मार्गको व्यवस्था गरिएको छ । माझगाउँ-बनुवा घुम्ती खण्डमा मङ्गलबार राति गएको पहिराले उक्त मार्ग क्षति बनाएपछि आमभञ्ज्याङ सिम्ले, तारूके हुँदै तल्लो धारापानी क्षेत्रबाट यातायात चालु गराइएको हो । प्रमुख जिल्ला अधिकारी नवराज जैसीका अनुसार बनुवा खण्डको पासाङल्हामु मार्ग क्षतिग्रस्त स्थान पुनःनिर्माण गराउन धेरै समय लाग्ने प्राविधिक सुझाव आएकाले तारूके तर्फको ग्रामीण सडक प्रयोग गराइएको हो ।
आम भञ्ज्याङदेखि पालेको वन, सिम्ले तारूके हुँदै धारापानी पुगेर पुनः पासाङल्हामु मार्गमा जोडिने सो ग्रामीण सडक साँघुरो भएकाले जीप, कार, मोटरसाइकलजस्ता स-साना सवारीसाधन मात्र गुडाउन सवारी चालकलाई अनुरोध गरिएको छ । गोसाइँकुण्डका यात्रुलाई समेत सोही ग्रामीण सडकबाट ओहोरदोहोर गराइ धार्मिकयात्रा सफल गराइएको बताइएको छ ।
बोगटीटार नजिक पालेको वन सालघारी मोडबाट पासाङल्हामु मार्ग छोडी पूर्वतर्फको सिम्ले-भोर्ले सडकलाई पच्छ्याई सिम्ले गाउँ, डौडरेखोला, साँधिखोला, थुम्को, बेलचौर तारूके, कदमघारीहुँदै पुनः पासाङल्हामु मार्गमा जोडिने बताइएको छ । पासाङल्हामु मार्गको बनुवा खण्डमा पहिराले सडक क्षति बनाएपछि चीनबाट आयात भएका मालसामानको ढुवानी रोकिएका छन् ।
चीनसङगको व्यापार व्यवसाय अभिवृद्वि गर्ने उत्तरी रसुवागढी नाकाबाट हुने कारोबारमा सहजताको लागि तत्काल सडक मार्ग सञ्चालन गराउन प्रजिअ जैसीले सडक डिभिजन कार्यालयका प्रविधिकलाई आग्रह गरिसकेका छन् । डाइभर्सन गर्ने स्थान नभएका कारण सो पहिरो गएको स्थानमा ग्याबिन पर्खाल निर्माण गर्न कम्तीमा एक महिना लाग्ने बताइएको छ ।

बागमती प्रदेशमा लक्ष्यको ९४ दशमलव १२ प्रतिशत राजस्व सङ्कलन

६४ हजारले लिए कामपाको निःशुल्क कानुनी सेवा

१२२ करदाता कारबाहीमा

ट्र्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

विपी राजमार्गः साउनभर राति १२ घण्टा बन्द

आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन

प्रतिक्रिया