इन्डोनेसियामा ६ म्याग्निच्युडको भूकम्प

इन्डोनेसियाको जाभा टापूको तटीय क्षेत्रमा शनिबार ६.० म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक विभागले जनाएको छ ।
भूकम्पमा परी कम्तीमा छ व्यक्तिको मृत्यु भएको र अन्य कैयौँ घाइते भएको त्यहाँको विपत् व्यवस्थापन निकायले तत्काल जानकारी गराएको छ भने भूकम्पको क्षतिबारे थप विवरणहरू सङ्कलन भइरहेको सरकारी अधिकारीले बताएका छन् ।
'उक्त विपत् व्यवस्थापन निकायका अनुसार भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या अहिलेसम्म छ पुगेको छ । भूकम्पका कारण विभिन्न भौतिक संरचनामा क्षति पुगेको छ भने केही व्यक्ति गम्भीर घाइते भएको विवरणहरू प्राप्त भएका छन् ।'
राष्ट्रिय विपत् नियन्त्रण गर्ने सरकारी संस्थाका प्रवक्ता रदित्य जातीले भने, 'भूकम्पमा अहिलेसम्मअ छ को मृत्यु भएको र एक जना गम्भीर घाइते भएको खबर आएको छ । भूकम्पव पछि आउनसक्ने पराकम्पनबाट थप क्षति हुन नदिन पूर्वी जाभाका धेरै गाउँहरूलाई खाली गरि सुरक्षित स्थानमा राखिएको छ ।' (एएफपी)

असदको पतनपछि २० लाख सिरियाली स्वदेश फर्किए : राष्ट्रसङ्घ

इरानले ‘ठूलो मूल्य चुकाउनु पर्ने’ नेतन्याहूको चेतावनी

पाकिस्तानी प्रधानमन्त्रीको नीजि जीवनः चार पत्नीमा लेखिकादेखि मोडेलसम्म
किभमा रुसी हमलामा १४ जनाको मृत्यु, दर्जनौँ घाइते
फ्रान्सका पूर्वप्रधानमन्त्री फिलनलाई पत्नीको नक्कली जागिर प्रकरणमा जेल सजाय
भारतद्वारा आफ्ना नागरिकहरूलाई तेहरान छोड्न चेतावनी जारी

प्रतिक्रिया