बार्सिलोनालाई हराउँदै शीर्ष स्थानमा रियल म्याड्रिड

काठमाडौँ : स्पेनिस ला लिगा फुटबलमा चिरपरिचित प्रतिद्वन्द्वी बार्सिलोनालाई हराउँदै रियल म्याड्रिड शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राती भएको एल क्लासिकोमा बार्सिलोनालाई २-१ गोलले हराउँदै रियल म्याड्रिड विजयी भएको हो ।
रियललाई जित दिलाउन करिम बेन्जेमा र टोनी क्रुजले गोल गरे । बार्सिलोनाका ओस्कार मिंगुएजाले एक गोल फर्काए । कासिमेरोले ९० औँ मिनेटमा रातो कार्ड खाएर मैदान छाडेपछि अन्तिम समय रियल १० खेलाडीमा सिमित भएको थियो ।
जितसँगै रियल ३० खेलबाट ६६ अंकसहित ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । एक खेल कम खेलको एथ्लेटिको म्याड्रिडको समान अंक भएपनि गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ । ६५ अंक जोडेको बार्सिलोना भने तेस्रो स्थानमा छ ।
ला लिगाकै अन्य खेलमा कार्डिजले गेटाफेलाई १-०, लेभान्टेले एइबरलाई १-० गोलले हराउँदा एथ्लेटिको बिल्बाओ र अलाभेसले गोलरहित बराबरी खेलेका छन् ।
फिफाको नयाँ निर्णय : सन् २०३१ देखि महिला विश्वकपमा ४८ टोली सहभागी हुने

पिएम कप भलिबल अर्को महिनामा हुने

एन्फा साधारणसभामा गणेश थापामाथि रोक लगाएपछि प्ले कार्ड बाेकेर प्रदर्शन (भिडिय…

गणेश थापाका छोरा भन्छन्- अदालतको आदेश देखाउँदा पनि बुवालाई प्रवेश गर्न दिएनन्

भारतसँगको युद्ध तनाव, पाकिस्तानी लिगका बाँकी खेल अब युएईमा हुने

नेपाली महिला क्रिकेटले आज हङकङबिरूद्ध खेल खेल्दै

कात्तिके फुटबल क्लब इन्द्रेणी पोखरीले जित्यो ‘खोटेहाङ फुटबल कप–२०८२’ को उपाधि

प्रतिक्रिया