शुक्रबार ०६ असार, २०८२
Friday, June 20, 2025

रोजगारीको अवसर सिर्जना गर्दै 'कोड रस'

काठमाडौँ - वर्तमान परिप्रेक्ष्यमा नेपालमा रोजगारीको अवसर अत्यन्त सिमित छ । अशिक्षित, अर्ध शिक्षित र उच्च शिक्षा प्राप्त जनशक्तिले समेत रोजगारी नपाएर भौतारिनु परेका गुनासा र तिनका तथ्यांकले रोजगारीका सिमितताहरुलाई स्पष्ट गरिरहेका छन् । शैक्षिक संस्थाको संख्या बढ्दै गए अनुसार प्रत्येक वर्ष शिक्षित जनशक्तिको संख्या पनि उल्लेखनीय रुपमा बढिरहेको छ तर नेपालमा प्राविधिक रोजगारी तर्फ थोरै मात्र जनशक्तिले काम पाइरहेका छन् । खाडी मुलुक जानेको बढ्दो संख्याले देशमा रोजगारीको अवसर ज्यादै कम भएको तथ्यलाई प्रमाणित गरिरहेको छ । देशमा बढ्दो रोजगारीको अपेक्षा हेर्दा २०७८ को जनगणनाले प्रमाणित गरेको ४०.३५ प्रतिशत युवा (१६–४० वर्ष) को जनसांख्यिक लाभको अवसरलाई पुँजीकृत गर्नुपर्ने चुनौती पनि देखिन्छ ।

अन्तर्राष्ट्रिय अनुभव र विश्व परिवेशले देखाए अनुसार उद्योग धन्दा बढेको खण्डमा जनशक्ति परिचालन हुने हो । त्यो परिदृश्य हेरेर नेपालले पनि रोजगारी वृद्धिको निमित्त जनचासो बढाउनु पर्ने अवस्था छ । सूचनाप्रविधि र सामाजिक सञ्जालको उपयोग गर्ने बानीको विस्तार र विकास अपेक्षाकृत ढंगमा न्यून छ । यद्यपि जनशक्ति निर्माण, उपयोग र प्रयोगको लागि काम गर्ने उद्देश्यले केही संस्थाहरु अघि आएका छन् तर ती खडा भएका संस्थाहरु संख्यात्मक रुपमा ज्यादै कम र प्रभावकारिताका रुपमा शिथिल जस्ता छन् । भएका थोरै मध्ये अहिले प्रभावकारी रुपले रोजगारी सिर्जना र अझ त्यसमाथि महिला रोजगारी प्रवर्द्धन लागि परेको संस्था कोड रस देखिन्छ ।

नेपालकै सबै भन्दा राम्रो र सबैभन्दा बलियो पाइपलाइनसँग सम्बद्ध कोड रस २०१९ देखि,  विभिन्न माध्यमबाट प्रविधिमा महिलाहरूलाई योग्य सीप दिई रोजगारी उपलब्ध गराउनमा केन्द्रित कोड रसले अब आफ्नो सेवाहरू सारा नेपाली जनताका लागि उपलब्ध बनाएको छ। कोड लाइक हर, द डिजाइनर इन हर, शी क्यान डिजिटलजस्ता सिप बढाउने प्रोग्रामबाट कोड रसले महिला उद्यमीहरूलाई प्रोत्साहन गर्ने नीति लिएको छ भने अब यस संस्थाले यी पहलहरू साथसाथै प्रविधि क्षेत्र रोजगारका हरेक दावेदारीलाई ध्यानमा राखी आफ्नो सेवाहरु विकसित गरेको छ। । 

अधिकांश रोजगारदाताहरु योग्य प्रतिभाले भरिएको जनशक्ति फेला पार्न नसकिएको कुरामा सहमत छन् । यस समस्याका समाधानका लागि कोड रसले आफ्ना सम्बद्ध विशेषज्ञहरूसित मिलेर हरेक संस्थाको व्यक्तिगत आवश्यकता हरू विश्लेषण गर्न र सम्बन्धित निकायमा सहयोग पुर्‍याउँन प्राविधिक प्रतिभाहरुको सेवा उपलब्ध गराउने सेवा लाइन विस्तार गरेको छ ।

कोड रसमा मेलिशा घिमिरे, पूर्व सीईओ आस्था शर्मा जस्ता महिला नेतृत्व पंक्ति अग्रगतिमा देखिन्छन् । प्रतिभाशाली महिलाहरुको नेतृत्वमा रहेका संस्थाहरू मध्ये कोड रसको महिला जोडी  सर्वाधिक प्रभावकारी देखिन्छ । यो नेतृत्व अगाडि आएसँगै कोड रसले जेनेसबाट २० मिलियन (नेपाली रुपैयाँ २ करोड) अनुदान प्राप्त प्राप्तगर्न सफल भएको छ ।

जेनेस एक आधिकारिक क्लाउड परामर्श दाता हो र अमेजोन वेब सेवाहरू उपलब्ध गराउने क्लाउड परामर्श कम्पनी पनि हो । जेनेसले डिजिटल दुनियाँलाई समर्थन गर्दछ र युरोप र एसियाभरका स्टार्टअप कम्पनीहरूलाई जनशक्ति निर्माण गर्न र त्यस्ता जनशक्तिलाई उचित स्थानमा माग अनुसार परिचालन÷ हस्तान्तरण÷ स्थानान्तरण गर्दैआएको छ ।

यो कम्पनी अहिले नेपालमा मात्रै सीमित नभई विश्वका धेरै देशहरुमा प्राविधिक जनशक्ति निर्माणगरी उद्योगलाई हस्तान्तरण गर्ने भन्ने सोचहरुको साथ अगाडि बढ्दै छ । यसले लैङ्गिक सन्तुलनका लागि महिला आवेदकहरुलाई प्रोत्साहन गर्ने, महिलालाई पनि पुरुष जनशक्तिको समान उचाइमा पुर्याउने, प्राविधिक जनशक्ति निर्माण गरी मुलुकमा मात्र नभई मुलुक बाहिर समेत माग अनुसार आपूर्ति गर्ने उद्देश्य लिएको छ ।

कोड रस र यस्ता युवा रोजगारीलाई प्राथमिकता दिने संस्थाहरू नेपालमा मात्र नभई विश्वव्यापी रूपमा र अझ विकासोन्मुख मुलुकहरुमा खुल्नु भनेको देश भित्र नै अवसर खोज्ने जनशक्तिलाई कम लगानीमा बढी उपलब्धि प्रदान गर्नु हो । प्राविधिक स्रोत परिचालन तालिम र त्यस्ता तालिम सिक्ने र काम गर्ने अवसरहरूको लागि यस्तो फोरम पाइपलाइनका प्रयासहरूले आगामी दिनहरूमा पनि यस्तै प्रकारका उद्योगहरूमा जनशक्ति खपत गराउन मद्दत गर्दछ ।

विशेष गरी नेपालमा बेरोजगारी समस्या न्यूनीकरण गर्न, आधुनिक कम्प्युटर सेवाको प्रवर्द्धन र महिला रोजगारीलाई अगाडि ल्याउन यो सेवा एउटा कोशेढुंगा साबित हुने छ भन्ने देखिन्छ । नेपालको वैदेशिक मुद्रा आर्जन बढाउने, रोजगारी प्रवर्धन गरेर गरिवी घटाउने, स्वदेशी रोजगारीका अवसरमा वृद्धि गर्ने, उच्चस्तरीय जनशक्ति निर्माण गरी निर्यात समेत गर्ने जस्ता उद्देश्यलाई नीति र व्यवहार नै लागु गर्ने हो भने  यस्ता संस्थाहरुको स्थापना र विकासमा केन्द्र सरकारको विशेष ध्यान जानुपर्ने देखिन्छ ।

     

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम

काठमाडौँमा इनड्राइभको कार्यालय उद्घाटन

काठमाडौँमा इनड्राइभको कार्यालय उद्घाटन

लण्डनकै दोश्रो स्थानमा पर्‍यो ब्लुम्स्बरी इन्स्टिच्युट लण्डन

लण्डनकै दोश्रो स्थानमा पर्‍यो ब्लुम्स्बरी इन्स्टिच्युट लण्डन

एनसेल फाउन्डेसन प्रिजेन्ट्स ‘बिन देयर ह्याक्ड द्याट’, ईकोलुपले जित्यो प्रथम उपाधि

एनसेल फाउन्डेसन प्रिजेन्ट्स ‘बिन देयर ह्याक्ड द्याट’, ईकोलुपले जित्यो प्रथम उपाधि

बिग मार्टले मनायो १६औँ वार्षिकोत्सव, मोबाइल एपको शुभारम्भ र ब्राण्ड एम्बेसडर घोषणा

बिग मार्टले मनायो १६औँ वार्षिकोत्सव, मोबाइल एपको शुभारम्भ र ब्राण्ड एम्बेसडर घो…

कजारियाले गर्‍यो नेपालको पहिलो र एक मात्र एच.डि पोलिस्ड टायल सार्वजनिक

कजारियाले गर्‍यो नेपालको पहिलो र एक मात्र एच.डि पोलिस्ड टायल सार्वजनिक

सिप मेला २०८२ का लागि काठमाडौं महानगरपालिका र एनसेल फाउन्डेसनबीच सम्झौता पत्रमा हस्ताक्षर

सिप मेला २०८२ का लागि काठमाडौं महानगरपालिका र एनसेल फाउन्डेसनबीच सम्झौता प…