फोक्सोलाई राहत दिने काभ्रेस्थली हाइकिङ (फोटो फिचर)

काठमाडौैँ : धुँवा, धुलो र प्रदूषणको अर्को नाम हो, काठमाडौँ । बढ्दो प्रदूषण र धुलोका कारण मास्क लगाइरहनुपर्ने बाध्यताले काठमाडौँलाई ‘मास्कमाण्डु’ नै बनाइसकेको छ । त्यसमाथि अहिले थपिएको कोभिड - १९ महामारीले काठमाडौँमा सास फेर्न झन् मुश्किल छ । केही दिन यता बढेको वायु प्रदूषणले आँखा पोल्ने र सास फेर्न गाह्रो हुने समस्या झनै बढायो ।
यस्तै उकुसमुकुस काठमाडौँमा राहत पाइने ठाउँमध्येको एक हो, काभ्रेस्थली । काठमाडौँको बालाजुदेखि तीस मीनेटमै आठ किलोमीटरको यात्रा गरेर पुग्न सकिने काभ्रेस्थली फोक्सोलाई राहत दिने ‘हाइकिङ स्पट’का रुपमा परिचित छ ।
खासगरी हाइकिङ गर्न काभ्रेस्थली पुग्नेको संख्या हिजोआज बढ्दो छ । चट्टानी भीरमा जोडिएको धार्मिक आस्थाको तारकेश्वर महादेव मन्दिरले पनि काभ्रेस्थली हाइकिङलाई रोमाञ्चक बनाएको छ । तारकेश्वर नगरपालिका २ संगमचोकबाट दुईदेखि तीन घण्टाको उकालो बाटो हिडेपछि तारकेश्वर मन्दिर पुग्न सकिन्छ ।
स्थानीय उद्धव अधिकारीका अनुसार चट्टानी भीरमै मन्दिर बनाइएको छ । तारकेश्वरबाट झण्डै तीन किलोमीटर उकालो हिड्दा हाइकिङ मात्रै हुँदैन्, फोक्सोलाई राहत दिने स्वच्छ हावा र मन्दिर परिसरमा चिसो पानी पनि पिउन पाइन्छ ।
तारेकश्वर मन्दिरबाट एक नजर लगाउँदा काठमाडौँ उपत्यका आफैँमा सुन्दर देखिन्छ । परापूर्व कालमा बनेको यो मन्दिरमा जनपूर्णिमामा ठूलो मेला समेत लाग्ने गर्छ । काठमाडौँबाट तीस मिनेटको यात्रा पश्चात गाडी छाडेर उकालो हिड्दै गर्दा ग्रामीण भेगमा बाल्यकाल गुजारेका धेरैलाई गाउँघरको याद दिलाउँछ ।
काभ्रेस्थली हाइकिङ जाँदा सल्लाको रुखको मनमोहक दृश्य, भुईमा झरेका पातमा ओराली झर्दाको चिप्लेटी पनि त्यत्तिकै रोमाञ्चक लाग्छ । त्यति मात्रै होइन, मन्दिरसम्म पुग्ने बाटोमा बनाइएको सिढी र भौतिक संरचनाले पनि काभ्रेस्थलीलाई आकर्षक पर्यटकीय गन्तव्यका रुपमा चिनाउन मद्दत गरिरहेको छ ।
शिवपुरी राष्ट्रिय निकुञ्जकै बाटोमा हाइकिङ गर्दा एक्लो दुब्लो भने हिड्न जोखिम मानिन्छ । चार पाँच जनाको समूहमा हाइकिङ जानेको संख्या अचेल दैनिकजसो बढ्दो छ । जसले फूर्सदमा रमाइलो मात्रै हुँदैन, काठमाडौँमा फोक्सोलाई समेत राहत दिन्छ ।
फोटो : किरण आचार्य

सिटी सेन्टरमा हरेक शु्क्रबार लाग्ने अर्गानिक मेला यस्तो देख्यो ( फोटो फिचर)
_KXqHza3Zvx_t9lxc8p2c2soepbskrtx1gvhcukpyv90ce3uqlflc7pfkdjupwmmmsuz0wsf_46zZbFekOn_rpl71tffby9m1brjrg82kxzjbpgsoo5trgqmoddkifci8raafj2teujb6zne.jpg)
सुनचाँदी व्यवसायीको आन्दोलन (फोटो फिचर)

कंक्रिटै कंक्रिटको सहर काठमाडौँ (फोटो फिचर)

शिवपुरी निकुञ्ज भित्रको बिष्णुद्वार झरना आहा! ( तस्विरहरू )
_vKePIDCgLl_uaxs5znqtpvskumc5heezisxoov5haajcvkbcaphpciz2ceo0nelqkkr4nwt_km815odLDp_05e0pagzgcyetefc8awffqar9cwkethcxhntanmx1suwnflqmk7dzjwx2rip.jpeg)
भीडभाड छ एयरपोर्ट (फोटो फिचर)

काठमाडौँ महानगरको सीप मेलामा यस्तो देख्यो (फोटो फिचर)

तस्बिरमा बकर ईद

प्रतिक्रिया