म्युजिक भिडियोमा पहिलोपल्ट जितु

काठमाडौं: कलाकार जितु नेपालले पहिलोपल्ट म्युजिक भिडियोमा अभिनय गरेका छन् । उनले हास्यव्यंग्य कलाकार राजा राजेन्द्र पोखरेलको आवाजमा रहेको गीतको म्युजिक भिडियोमा पहिलोपल्ट अभिनय गरेका हुन् । ‘पिरतीको चश्मा’ बोलको गीतमा जितुले टिकटकमा पछिल्लो समय निकै भाइरल भएकी जुम्ल्याहा दिदीबहिनी समारिका र स्मारिका ढकालसँग कम्मर मर्काएका छन् ।
आफूले अहिले सम्म म्युजिक भिडियोमा अभिनय नगरेको भएता पनि पहिलो पटक नाच्दा रमाइलो अनुभव भएको बताए । राजुबाबु श्रेष्ठको शब्द तथा राजनराज सिवाकोटीको संगीत तथा राजन इशानको संगीत संयोजन रहेको गीतमा राजा राजेन्द्र पोखरेलको स्वर रहेको छ । माइकल चन्दको निर्देशनमा बनेको गीतको भिडियोलाई सम्पादन विकास दाहालले गरेका हुन् भने ज्ञानेन्द्र शर्माले खिचेका हुन् ।
गीतमा जितु नेपाल, समारिका, स्मारिका ढकालका साथमा प्रथम खड्का, सुमन कार्की, प्रभात लामा लगायतकाको अभिनय रहेको छ । गायनमा रुचि राख्ने स्ट्यान्डअप कमेडियन राजा राजेन्द्रले यसअघि पनि थुप्रै गीतमा आवाज दिएका छन् ।

गायिका चौहान ‘साइबर ब्युरो’ गएपछि...

‘धुरन्धर’ को ‘फस्टलुक’ सार्बजनिक भए लगत्तै रणवीरको डनः ३ बारे आयो नयाँ अपडेट

बबि देओलले गरे जवान निर्देशक एटलीसँग सहकार्य, देखिनेछन् डरलाग्दो रूपमा

चलचित्र ‘जनै हराएको मान्छे' : सम्बन्धका धागाहरू’ को पोस्टर सार्वजनिक

अभय दुवाडीको स्वरमा `माछा खोलीमा´ सार्वजनिक

रङ्गकर्मी मणि कुलुङको नाटक ‘हराएको कुकुर’ शनिबारदेखि मण्डला थियटरमा

असार

प्रतिक्रिया